समाज सेवा अभियान रुपन्देही कतारद्दारा बृहत रक्तदान कार्यक्रम हुदै

बिकास गैरे
प्रकाशित : २०७९ भदौ २७ गते २३:५६

दोहा/कतार

“रक्तदान नै जीवन दान हो” “रक्तदान गरौं ,परोपकारी कार्यमा सहभागि होऔं ” भन्ने मुल नाराका साथ समाज सेवा अभियान रुपन्देही कतारले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

 

१६ सेप्टेम्बर २०२२ शुक्रवारको दिन अलसाद स्थित कतारको सरकारी हस्पिटल हमादको ब्लड डोनर सेन्टरसको समन्वयमा उक्त कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक बिष्णु बहादुर खड्काले कन्दरा न्युज डट कम लाई जानकारी गराए ।

 

कार्यक्रममा कतारमा स्थापित प्रदेश संस्था, वैचारिक सस्था, जिल्ला सस्था, विभिन्न जातीय संस्था, पत्रकार, बुद्धिजीवी, समाजसेवी, व्यवसायी लगाएत कतारमा अवस्थित सम्पूर्ण नेपालीहरुलाई उपस्थित भइ रक्तदान गरिदिन कार्यक्रमका सह-संयोजक सुचित्रा शर्माले आग्रह गरेकी छ्न । बिहान ८ बजे देखि सुरुहुने उक्त कार्यक्रम दिउसो १ बजे सम्म मात्रै हुनेछ । कार्यक्रम छोटो हुने भएकाले सम्पुर्ण लाई समयमै उपस्थित भइ महान कार्यमा सरिकहुन पनि उन्ले अनुरोध गरेकिछिन ।

 

रक्तदान गर्नको लागि निश्चित सिमाभित्र रहि मात्र दिनसकिने बेबस्था रहेको छ । हस्पिटलका अनुसार रक्तदाताले कतारी परिचय पत्र वा ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य लिएर आउनु पर्नेछ,
रक्तदाता कतार प्रबेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ,अघिल्लो पटक रक्तदान गरेको २ महिना पुरा भएको हुनुपर्नेछ,एन्टीबायोटिक तथा अन्य औषधी सेवन नगरेको हुनुपर्नेछ , २४ घण्टा भित्र मदिरापान नगरेको हुनु पर्नेछ,अनिन्द्रा तथा खाली पेटमा रक्तदान गर्न नहुने , रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुने,रक्तदाताको उमेर १८ -६५ बर्षको बीचमा हुनु पर्नेछ र रक्तदाताको तौल कम्तिमा ५० किलो हुनु पर्नेछ ।


प्रकाशित : २०७९ भदौ २७ गते २३:५६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology