पूर्वखोलामा चार्डपर्व लक्षित खसी बोका बजारीकरण अभियान संचालन ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ असोज १३ गते २१:३८

चार्डपर्व लक्षित खसी बोका बजारीकरण अभियान २०७९ संचालन गरेको छ । पूर्वखोला गाउँपाका , हेफर इन्टनेसन र समाज उत्थान सहयोग केन्द्रको साझेदारीमा आज रिङ्नेरह बाट सुरुवात भएको छ । आज पहिलो दिन रिङ्नेहरमा सात सय ९२ केजी खसी बोकाको तौल नाप गरेको देव ढेगाले जानकारी गराउनु भयो । ढेँगाको अनुसार खसी बोकाको रकम करिब ३ लाख बराबरको पर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अथिती पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले यसरी जोखेर विक्री वितरण गर्दा विचौलीया हरु बाट जोगिने भन्दै कृषकले उत्पादन गरेको खसी बोका बिक्रीमा गाउँपालिकाले अनुदानको समेत व्यवस्था गर्ने बताउनु भयो ।

पूर्वखोला गाउँपालिका पशु शाखा प्रमुख धन बहादुर दर्लामीले यो अभियान वडा भरी संचालन हुने र यसको अनुगमन गाउँपालिकाले पनि गर्ने बताउनु भयो ।

संथा बाट बिक्री वितरण गर्दा २० केजी सम्मको लाई प्रतिकिलो रु ३९०, २१ केजी देखि २५ सम्मको लाई प्रतिकिलो रु ४५० , २६ केजी ३० केजी सम्मकोलाई प्रतिकिलो रु ४८० , ३१ केजी ४० केजी सम्म्लाई प्रतिकिलो रु ५०० र ४१ केजी देखि ५० केजी सम्मकोलाई प्रतिकिलो रु ५३० र ५१ केजी भन्दा माथि प्रतिकिलो रु ५५० निर्धारण गरेको रविन्द्र पंगेनीले जानकारी गराउनु भयो । पंगेनीले प्रती १० रुयौँको दरले खसिबोका खरिद गर्नेले संथलाई प्रतिकोलो १० रुपैयाँ प्रधान गर्ने बताउनु भयो । कार्यक्रम वडा न ३ वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अधक्षतामा रविन्द्र पंगेनीको संचालनमा भएको हो ।भिडियो https://youtu.be/RhcsOwF-0IY


प्रकाशित : २०७९ असोज १३ गते २१:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology