चार्ड पर्वको अवसर पारेर जनसेवा सहकारी जल्पाले वितरण गर्यो लाभांश रकम

मायाँ राना
प्रकाशित : २०७९ असोज १४ गते ६:३४

जनसेवा स्वालम्बन बचत बिकास तथा ऋण सहकारी सस्था पूर्बखोला २ जल्पा पाल्पाले नजिकिदै गरेको महान चाड पर्ब दशैको अवसर पारी आफ्नो सद्स्यहरुको लागि शेर लाभांश रकम बितरण गरेको छ।

सस्थाका कर्मचारी र कार्यसमितिको उपस्थितिमा प्रतेक टोलमा पुगेर बितरण गर्ने क्रममा पुर्बखोला राक्से, छाब्दी, दद्रा, लाबे, बर्मु टोलमा असोज १३ गतें, तल्लो झेरुदी , आर्गिडाडा, १४ गते र साठिकोल र साकिने १५ गते , मैदान, ढोलीमारा, मथिल्लो झेरुदी लगायत बाकी बजार क्षेत्रको लागि १६ गते बितरण गरिने बताईएको छ । आर्थिक बर्ष ०७५/०७६ देखि ०७८/०७९ को शेर लाभान्स बढीमा ६० प्रतिशत र संरक्षक पुजि कोषबाट ४ प्रतिशत गरि बितरण गरिएको सस्थाका ब्यबस्थापक बेद प्रसाद बस्यल ले बताउनु भयो। १हजार ५१ जना सदस्यहरुले आ-आफ्नो भागमा पर्न आउने रकम बुज्दा २४ लाख रुपियाँ बितरण गरिने सस्थाका अध्यक्ष चित्र बहादुर कवर जान्कारी दिनुभयो।


प्रकाशित : २०७९ असोज १४ गते ६:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology