पाल्पाको सिलुवामा मण्डली क्लबको आयोज्मामा क्लब स्तरीय भलिबल खेल संचालन हुने भएको छ । पाल्पा जिल्लाकै खेलकुदको गरिमा बोकेको मण्डली कप यस बर्ष खुला क्लब स्तरीय आयोजना गरिएको छ । स्थानिय तहको निर्माण संगै पालिका स्तरिय भलिवल प्रतियोगिता गर्दै आएको क्लबले यसपटक खुला क्लब स्तरीय पुरुष भलिवल प्रतियोगिता पूर्वखोला गाउँपालिका -१ सिलुवा मण्डली क्लबको खेलमैदानमा गर्ने जनाएको छ ।
मण्डली स्पोर्ट्स क्लबको आयोजना र पुर्वखोला गाउँपालिकाको सहआयोजनामा हुन लागेको प्रतियोगिताबारे बुधबार रामपुरमा पत्रकार भेटघाटको आयोजना गर्दै क्लबले देशका उत्कृष्ट क्लब सहभागी हुने प्रतियोगिता आगामी कार्तिक १६ देखि १९ गतेसम्म चल्ने जनाएको हो ।
‘‘मण्डली स्पोर्टस् क्लवको शान, खेलकुद तथा लोक संस्कृतिको पहिचान’’ भन्ने नारा सहित २०७३ सालमा सिलुवामा स्थापना भएको मण्डली स्पोर्ट्स क्लबले जिल्लाको पुर्वी क्षेत्रमा खेलकुदको विकासमा उल्लेख्य भुमिका खेल्दै आएको छ ।
स्थानीय स्तरमा खेलकुदको विकास र समाजका बालबालिका, युवालाई दुर्व्यसनबाट जोगाई सक्रिय बनाईराख्न स्थापना गरिएको क्लबकै देनले अहिले राष्ट्रिय स्तरमा बिक्ने खेलाडी उत्पादन भएको मण्डली स्पोर्टस् क्लवका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ‘‘पूर्वखोलालाई खेलकुद हबको रुपमा अघि बढाउने संकल्प छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो– महिला पुरुषका विभिन्न खेल, अन्य प्रतियोगिता सञ्चाालन गर्न, स्वीमिङ सहितका खेलकुदको विकासमा लाग्ने सोच छ यसमा सबैको साथ आबश्यक छ।’’ देशको संरचना र भौगोलिक अबस्था अुनसार ७ सय ५३ स्थानीय तहमै राष्ट्रिय खेल भलिवल खेल्ने भुबनोट भएको र भलिबल खेल रास्ट्रकै राष्ट्रय खेल भएकाले पनि खेलको संरक्षण गर्नु पर्ने बताउदै श्रेष्ठले पालिका स्तरीय खेलबाट अब खुला क्लब स्तरीयमा स्तरउन्नति गरि भलिवललाई अझ उच्च स्तरको बनाएको बताउनुभयो ।
मण्डली स्पोर्टस् क्लवका सचिव कृष्ण पंगेनीले विश्व प्रसिद्ध चुरा मण्डली बराजुको नाममा क्लब स्थापना भएर निरन्तर खेल र सामाजिक काममा सक्रिय रहदै आएको बताउनुभयो । साविक सिलुवा गाविसको १ मा स्थानीयकै सक्रियतामा प्रतियोगिता हुदै आएको हो । हाल क्लवले खेल मैदान निर्माण गरी युवाहरुलाई विविध प्रतियोगिता सञ्चालन गर्ने, नियमित टोल स्तरीय रनिङ प्रतियोगिता गरेर स्थानीयलाई सिर्जनशील बनाएको छ भने बालबालिका पनि संगठित र क्रियाशिल हुदै आएका छन् ।
यसै क्लबले प्रदेश स्तरका खेलाडी र राष्ट्रिय भलिवलका प्रशिक्षक समेत जन्माउन सफल भएको छ । पोखरामा असोज २८ देखि सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण कार्तिक ४ गते देखि संचालन हुने भनेको खेल केही दिनपछि सरेर कार्तिक १६ देखि १९ गते सम्म हुने छ । छैंठौं मण्डकी कप प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख रुपँया, द्वितियले नगद ७० हजार रुपँया, तृतीयले नगद ४० हजार रुपँया र सान्त्वना हुने समुहले नगद २० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने साथै प्रतियोगिताका ६ बिधामा उत्कृष्ट बिधागत नगद १० हजार रुपँया प्रदान गरिनेछ । हालसम्म प्रतियोगिताका लागि ८ बढी क्लब सम्पर्कमा आइसकेको जानकारी दिईएको छ । मणी मकुण्द भलिबल क्लव, श्रीनगर भलिबल क्लव, वालिङ् भलिबल क्लव, लाफा समाज गल्कोट, कालीगण्डकी सहित पाल्पा, स्याङ्गजा, तनहुँ, रुपन्देही सहितका जिल्लाबाट क्लबको सहभागिता रहने क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो । विभागिय टिमलाई पनि खेलमा सभागी नगराईने क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे, महासंघ सद्स्य दुर्गेश मल्ल , पत्रकारहरु सीता डोटेल, इमान सि. राना, शुशिला रेग्मी, बन्दना पोखरेल, कृष्ण पौडेल, प्रतियोगिताका बिषयमा जिज्ञासा राखेका थिए ।
मण्डली स्पोर्टस् क्लवका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रम पूर्वखोला भलिबल संघका सचिव नविन आचार्यको स्वागत र कन्दरा न्यूज डटकमका कार्यकारी प्रमुख डिल्लीराज पंगेनीको सञ्चालनमा चलेको हो ।
प्रकाशित : २०७९ असोज २७ गते ६:२५
Facebook Comment