आज गठबन्धनको काठमाडौँमा प्रशिक्षण कार्यक्रम, शिर्ष नेताले प्रशिक्षण दिने

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७९ असोज ३० गते ११:०१

काठमाण्डौं,असोज ३०

चुनावी मिति नजिकिँदै गर्दा सत्तारुढ गठबन्धनले काठमाडौँमा आज प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
प्रशिक्षण कार्यक्रममा सत्तारुढ दलका प्रमूख नेताहरु सहभागि हुने जनाइएको छ ।
काठमाडौ.को १० वटै निर्वाचन क्षेत्रमा निर्वाचनमा होमीएको गठबन्धनको ३ र १० नं मा गठबन्धन कायम हुन सकेको छैन । आजको कार्यक्रम काठमाडौं निर्वाचन क्षेत्र नं २ मा आयोजना गर्न लागिएको हो जहाँ गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादी केन्दकी नेतृ तथा पुर्व सभामुख ओनसरी घर्ती उमेदवार बनेकी छिन् ।

काँडाघारी स्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको काठमाडौं–२ की गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले जानकारी दिइन् । उनका अनुसार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

कार्यक्रममा सत्ता गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ ।


प्रकाशित : २०७९ असोज ३० गते ११:०१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology