कसेनीमा भुउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी छलफल सम्पन्न

माया बस्याल
प्रकाशित : २०७९ कार्तिक ३ गते १५:४३

कार्तिक ३,बिहिवार ,
माथागढी गाउँपालिकाकाे आयाेजना तथा ३ नं. वडा कार्यालय,कसेनीकाे समन्वयमा भुउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी छलफल कार्यक्रम वडा कार्यालयकाे सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले कार्यक्रममा बाेल्दै नेपाल सरकारद्वारा प्रकाशित राजपत्र अनुसार भूउपयाेग सम्बन्धि नीति नियम कार्यान्वयन गर्न गराउन स्थानीय सरकारलाई परिपत्र जारी गरे अनुसार याे छलफल राखिएको बताउनुभयो । छलफल प्रारम्भिक चरणमा रहेको यसपछि आवश्यकता अनुसार छलफल हुने पनि चिदीले बताउनु भयोे ।


कार्यक्रमका अध्यक्ष एवम् ३ नम्बर वडा कार्यालय अध्यक्ष तेज बहादुर घर्ती मगरले कार्यक्रममा बाेल्दै भुउपयोग कार्यक्रम समयमै सम्पन्न नहुँदा कित्ताकाट गरि जग्गा बिक्रीवितरण गर्नलाई सरकारले राेक लगाएसंगै राजश्वमा प्रभाव परेको उल्लेख गर्दै भुउपयोग कार्यक्रमलाई छिटोभन्दा छिटो कार्यान्वयन गरिने प्रतिबद्धता समेत जनाउनु भएको थियोे ।
सरकारले भुउपयोग नीति २०७९ सार्वजनिक गर्दै जग्गाहरुलाई आवास,कृषि,व्यवसायिक,अौद्योगिक,वन आदि लगायतका विभिन्न क्षेत्रमा वर्गीकरण गरि व्यवस्थित गर्न लागेको छ ।
कार्यक्रम माथागढी गाउँपालिका नापी शाखा प्रमुख अमिन लक्ष्मण घिमिरेको सहजीकरण र वडा अध्यक्ष तेज बहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७९ कार्तिक ३ गते १५:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology