सिटिजन लाइफ इन्स्योरेसले बार्षिकोत्स्वको अबसरमा रामपुरमा सरसफाई गर्‍यो ।

Kandara News
प्रकाशित : २०७९ कार्तिक ७ गते १८:५६

रामपुर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौ बार्षिकोत्सवको आवसरमा रामपुर शाखाले रामपुर नगरपालिका वार्ड नं ५ बेझाड बजार स्थित शिव मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा अभिकर्ता तथा शिव मन्दिर ब्यबस्थापन समितिका पदाधिकारी, टोल समिति पदाधिकारीको उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनिले कार्तिक २ गते आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले सप्ताहव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै भव्य रुपमा मनाउने क्रममा देशैभरि विभिन्न कार्यक्रमहरु संचालन भएका रामपुर शाखा प्रमुख गेहेन्द्र प्रसाद पौडेलले बताउनु भयो ।


प्रकाशित : २०७९ कार्तिक ७ गते १८:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology