अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारद्वारा २०२२/१०/२३ का दिन जारि गरिएको विज्ञप्तिमा नेपाली जनप्रगतिशिल मंच कतार लाई जोडिनु त्रुटीपूर्ण रहेको स्वीकार

बिकास गैरे
प्रकाशित : २०७९ कार्तिक १० गते १५:३८

 

दोहा कतार – अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारद्वारा मिति २०२२/१०/२३ आईतबारका दिन जारि गरिएको विज्ञप्ति मा नेपाली जनप्रगतिशिल मंच कतार लाई जोडिनु त्रुटीपूर्ण रहेको स्वीकार गरेको छ ।

 

२७ अक्टोबर २०२२ कादिन एक बिज्ञपति जारिगर्दै प्राबिधिक कारणबश असमझदारी हुनगएको मा दुख ब्याक्त गरिएको छ ।

 

प्रेस विज्ञप्ति भनिएको छ,मंच संग अन्य बिषयहरुका सन्दर्भमा देखिने कुनैपनि समस्याहरु को समाधान का लागि बाताबरण बनेको प्रति नेपाली जनप्रगतिशील मंच कतार लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै, अन्तराष्ट्रीय नेपाली मुस्लिम समाज र नेपाली जनप्रगतिशील मंच कतार विचको संस्थागत सम्वन्ध प्रगाढ एवम् सौहार्दिक रुपमा अघी बढ्ने छ भन्ने कुरामा हामी पूर्ण बिश्वस्त छौं ।

 

प्रेस विज्ञप्ति :

मिति २०२२/१०/२३ तारीक आईतबारका दिन यस अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारद्वारा जारि गरिएको विज्ञप्तिको सन्दर्भमा:

(१) गत मिति २०२२,अक्टुबर २१ तारीकका दिन गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा सम्पन्न भएको दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारबारे मन्तव्य दिने क्रममा नेपाली जनप्रगतिशिल मन्चका वरिष्ठ उपाध्यक्ष समेत रहेका बागमती प्रदेश समन्वय समिति कतार अध्यक्ष राज देवकोटाले दिएको अभिव्यक्तीप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको हामीले जनाएका थियौं ।

 

तत्सम्वंधमा, बागमती प्रदेश समन्वय परिषद कतारको सम्पन्न अधिबेशन कै दौरानमा नेपाली जनप्रगतिशील मंच कतार का बरिष्ठ उपाध्यक्ष पदबाट श्री राज देबकोटाले राजिनामा दिएको जानकारी नेपाली जनप्रगतिशील मंच संगको आपसी सम्बाद बाट स्पष्ट भएकोले प्राबिधिक कारणबस हुन गएको असमझदारी प्रति दुख व्यक्त गर्दछौं।

 

मंच संग अन्य बिषयहरुका सन्दर्भमा देखिने कुनैपनि समस्याहरु को समाधान का लागि बाताबरण बनेको प्रति नेपाली जनप्रगतिशील मंच कतार लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै, अन्तराष्ट्रीय नेपाली मुस्लिम समाज र नेपाली जनप्रगतिशील मंच कतार विचको संस्थागत सम्वन्ध प्रगाढ एवम् सौहार्दिक रुपमा अघी बढ्ने छ भन्ने कुरामा हामी पूर्ण बिश्वस्त छौं ।

 

(२) हाम्रो बिज्ञप्तिको प्रारुप परिवर्तन भएपनि बागमती प्रदेश समन्वय परिषद कतारका अध्यक्ष को पछिल्लो धारणा र उहाँसंगको सम्बन्धका बारेमा, अन्तराष्ट्रीय नेपाली मुस्लिम समाज कतारको आगामी पूर्ण बैठक र त्यसको निर्णयका आधारमा आगामी धारणा निर्धारण गरिने सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

महासचिब

अध्यक्ष

अन्तराष्ट्रीय नेपाली मुस्लिम समाज कतार


प्रकाशित : २०७९ कार्तिक १० गते १५:३८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology