पाल्पा बाट छुटेको बस बुलिङ्टारमा दुर्घटना ; ५ जनाको मृत्यु केही घाईते

Kandara News
प्रकाशित : २०७९ कार्तिक १३ गते ७:०८

पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान जादै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनमा परि केही जना घाईते भएका छन् ।
मनकामना दर्शनका लागि जान पाल्पा हुगि बाट जादै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउपालिका वडा नं. २ मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको बुलिङटार प्रहरीले जनाएको छ ।
विहान ४ वजे भएको दुर्घटनाका घाइतेहरुलाई उद्धार गरि चितवन लैजाने तयारी भैरहेको छ । घटनाका सम्वन्धमा थप विवरण आउन बाकि छ ।


प्रकाशित : २०७९ कार्तिक १३ गते ७:०८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology