देवीनगरमा रहेको जनजागृती स्ववलम्वन संहकारी संथाको १२ औं अधिवेशन सम्पन्न ; रिङ्नेरह , जल्पा र हेक्लाङ्गमा सेवा विस्तार गर्ने लक्ष्य।

भुवन सिंजाली
प्रकाशित : २०७९ कार्तिक १४ गते २१:३०

जनजागृति स्वावलम्वन विकास बचत तथा रिण सहकारी संस्था लिमिटेड पुर्वखाेला ४ देविनगरकाे २५ अाै साधारणसभा तथा १२ अाै अधिवेशन देविनगर वडाको सभाहलमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष यम बहादुर खत्रीले संस्थाकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उत्पादन मुखि , छिटाे छरितो सेवा सुविधा , देविनगर वडा मात्र कार्य क्षेत्र रहेकाेमा यस वर्ष देखि जल्पा , रिङनेरह , हेक्लाङ वडामा कार्य क्षेत्र विस्तार गर्ने , शेर सदस्य थप गर्ने जस्ता ७ वटा भावियाेजना प्रस्तुत गर्नु भएकोमा सर्वसहमतले पारित गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले सरकारकाे तीन खम्बे अर्थनिधि मध्य सहकारी एक रहेको बताउदै स साना पुजीलाई एकिकृत गर्दै उत्पादन क्षेत्रमा लगानी गर्दै अार्थि वृद्धिदर बढाउदै अात्मनिभर गराउनमा याे सहकारी सफल भएको बताउनु भएको छ ।
गाउपालिका भित्र संचालित सहकारि मध्य व्यवस्थित नमुना सहकारी रहेको हुदा अन्य सहकारीले यस सहकारीबाट सिक्नु पर्ने राम्रा कुरा हरु सिक्नु पर्ने भन्दै गाउपालिकाले सहकारी शिक्षाको क्षेत्रमा काम गरिरहेको बताउनु भयो ।

जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपति पान्डेले सहकारीकाे सिद्धान्त मुल्य मान्यता पधाधिकारि समितिकाे काम कर्तव्यकाे अधिकारकाे बारेमा जानकारी दिदै नयाँ कार्यसमितिलाई सपतग्रहण गराउदै सफल कार्यकालकाे शुभकामना दिनु भएको थियो ।

अधिवेशनले भाेज बहादुर मश्राङ्गिकाे अध्यक्षतामा ११ सदस्य कार्यसमिति चएन गरेको छ । समितिकाे उपाध्यक्षमा बल बहादुर थापा सचिव गाेपाल सिं बारघरे काेषाध्यक्ष धनी सरा डाला सदस्यमा जंग बहादुर राना गिर बहादुर लम्काहा यम कुमारी ढेंगा खेम बहादुर बराल मिना घर्ती मथुरा खत्री छविलाल सिंजालि निर्वाचित हुनुभएको छ।लेखासमितिकाे संयाेजकमा खुम बहादुर सिंजालि सदस्य अम्मर बहादुर के सि लक्ष्मी वि क निर्वाचित हुनुभएको छ ।

संस्थाकाे कुल पुजि ४ कराेड १७ लाख १८ हजार ७ सय ५५ रहेको छ ।यस वर्ष ६ करोड ९८ लाख ४७ हजार ९ सय २७ रुपियाँ बराबरको काराेबार गरेकोमा शुद्ध नाफा २१ लाख ५७ हजार २ सय ४० गरेको छ ।
हाल संस्थामा ९२५ शेर सदस्य रहेको छ।

देविनगर वडाका अध्यक्ष मेहर सिं थापा समाजसेवि रिम प्रसाद श्रेष्ठ मातृभूमि माद्यामिक विद्यालय देविनगरका प्र अ मेहरमान थापा पुर्वखाेला गाउकार्यपालिका सदस्य रेवति सरा घर्तीले सहकारीकाे बारेमा बाेल्दै शुभकामना दिनु भएको थियो ।

संस्थाले जेष्ठ शेर सदस्यलाई खादा नगदबाट सम्मान नियमित बचत कर्ता १ महिला १ पुरुष असल रिणि १ महिला १ पुरुष गरि ४ जनालाई गाेलाप्रथाबाट नगद पुरुस्कार वितरण गरेको थियो ।
साधारणसभा सहकारी संस्थाका सचिव बल बहादुर थापाको संचालन अध्यक्ष यम बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको हाे


प्रकाशित : २०७९ कार्तिक १४ गते २१:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology