पाल्पा एमाले उम्मेदवार घरदैलोमा नै व्यस्त ।

Kandara News
प्रकाशित : २०७९ कार्तिक १५ गते २१:१७

नेकपा एमालेका पाल्पा ा क्षेत्र नम्बर(१,का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यले जनताको चाहाना र पार्टीको अघि सारेको योजना तथा कार्यक्रमलाई निरन्तरता दिने र पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफु र आफ्नो पार्टीलाई सूर्य चिन्हमा मतदान गर्न उम्मेदवार आचार्यले निस्दीको अर्चलेका जनताहरुलाई आव्हान गर्नुभयो । यसअघि आफु गाउँ बिकास समितिको अध्यक्ष,प्रदेश सदस्य भइ जनताको सुखदुःख मा काम गरेको र आगामी निर्वाचन पछी पनि निरन्तर जनताको साथमा रहेर काम गर्ने इच्छा भएकोले सूर्यमा मतदान गरी विजयी बनाउनु जनता संग अनुरोध गर्नुभयो ।
एमालेले हारे देश हार्ने र राष्ट्रियता बचाउन एमालेलाई जिताउनु पर्ने उम्मेदवार आचार्यको जोड थियो । पूर्वी पाल्पाको रामपुरको तालपोखरा,झिरुबासको काउलेडाँडा,रिमिघालेक,अर्चलेको लेकडाँडा लगायतका स्थानहरुलाई पर्यटन बिकास र विस्तारका लागि योजनाका साथ अघि बढ्ने उम्मेदवार आचार्यले बताउनुभएको छ ।
त्यसैगरी पाल्पा क्षेत्र नम्बर(१ १ का एमाले उम्मेदवार राजु प्रसाद श्रेष्ठले जनताको आय आर्जनमा जोड दिने आफ्नो योजना रहेको बताउनुभएको छ । ग्रामीण समुदायमा आधुनिक कृषिको आवश्यकता रहेको बताउदै उम्मेदवार श्रेष्ठले निस्दीको प्रत्येक टोलमा पुगेर जनताको माग र समस्या बारे बुझ्न नेकपा एमालेको उम्मेदवारहरु घरदैलोमा हिडेको बताउनु भयो ।
पाल्पा क्षेत्र न १प्रदेश सभा सदस्य ख का उमेदवार खेम बहादुर सारु रम्भा ३ पिपल डाडा मा मतदाता संग भेटघाट गर्नुभएको छ । उम्मेदवार सारुले पिपलडाडा क्षेत्रको बाटो स्तर उन्नति गर्ने , एक घर एक धारालाइ पुर्णता दिने , साथै युवाहरु लाई स्वरोजगार बनाइ आत्मनिर्भर बताउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।


प्रकाशित : २०७९ कार्तिक १५ गते २१:१७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology