नारायण आचार्य गाविस अध्यक्ष हुदै प्रतिनिधिसभा सदस्य उम्मेद्धार सम्म ः

Kandara News
प्रकाशित : २०७९ कार्तिक १६ गते २०:४६

गाविस अध्यक्ष हुदै प्रतिनिधिसभा सदस्य उम्मेद्धार सम्म ः नारायण आचार्य
आगामि मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको चुनाब हुदै छ । पाल्पा क्षेत्र नं. १ बाट नारायण आचार्यको उम्मेद्धारी संगै आचार्य चुनावि घर दैलोमा हुनुहुन्छ ।
को हुन् नारायण आचार्य ः परिचय
सामान्य किसान परिवारमा जन्मेका व्यक्ति नारायणप्रसाद आचार्य मेहनत, लगाव र श्रमप्रियताले पाल्पाली जनमनमा भिजेका नेता हुुनुहुन्छ । पूर्वखोला गाउँपालिका–३ (साविक रिङ्नेरह–१ तल्लो फाँटमा पिता डिल्लीप्रसाद आचार्य र माता जेमकान्तीका ४ छोरा मध्य आचार्यका माहिला सुपुत्रको रूपमा वि. सं.२०२६÷९÷१० मा जन्मिएका आचार्य सानैदेखि जुझारू साहसिक एवंम प्रतिभाशाली व्यक्ति हुन् । सिंगो परिवार साथले राजनीतिमा होमिएका आचार्यका श्रीमती, एक छोरी र दुई छोराले राजनीतिमा सफल हुन उनलाई साथ दिएका छन् । त्रिविविबाट प्रमाणपत्र तहसम्म शैक्षिक योग्यता हासिल गरेको आचार्य एक अध्ययनशिल राजनैतिक व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । उनलाई व्यक्तिगत रूपमा नजिकबाट चिन्नेजान्नेकाले उनको गुण, स्वभाव र क्षमतालाई तारिफ गर्दछन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट २०३९ सालबाट राजनीति थालेका आचार्य पाल्पाली समुदाय बीच परिचित नाम हो ।

आचार्यको राजनीतिक यात्रा

२०३९ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा संगठित हुदै पञ्चालय व्यवस्था विरुद्ध जनआन्दोलन सक्रिय रहदै प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा संगठित हुनु भएको थियो । २०४८ को आमनिर्वाचनमा एमालेका उम्मेदवार दल बहादुर रानाको प्रचार प्रसारमा सक्रिय रहनु भएका आचार्य
२०४९ को गाउँ विकास समितिको निर्वाचनमा एमालेका उम्मेदवार निलकण्ठ भट्टराई सहितको टिमलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।
नेकपा एमाले इलाका नं. ४ कमिटीको सदस्य भई रिङनेरह, जल्पा, देविनगर, बहादुर । रहवास र ज्यामिरेमा पार्टीको संगठन बिस्तारमा निरन्तर सक्रिय रहेका आचार्य को स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट रिङनेरह गाविसको अध्यक्ष भई ५ बर्षे कार्यकालमा गाविसमा धेरै विकास निर्माणको काम गर्न सफल देखिनु भएको थियो । पूर्वाखोलाका वडाहरुमा मोटरबाटो विस्तार, खानेपानी, नदी तटबन्ध, गाविस कार्यालय भवन निर्माण, स्वास्थ्य चौकी भवन, उद्बुद्ध कलेज स्थापना र भवन निर्माण लगाएका विकास निर्माणका कामको थालनी गरेकाले उहाँको गुणगान गाउँने गर्दछन् । २०५५ सालदेखि निरन्तर नेकपा एमाले पाल्पा जिल्ला कमिटि सदस्य, उपाध्यक्ष हुदै २०७३ देखि ०७८ सम्म नेकपा एमाले पाल्पा नवौं जिल्ला कमिटि अध्यक्ष भएर काम गर्नु भएको थियो । हाल उहाँ प्रदेश कमिटि सचिवालय सदस्य समेत हुनुहुछ ।

आचार्य देश संघीय संरचनामा गएर प्रदेश कमिटि निर्माण संगै लुम्बिनी प्रदेश कमिटि सदस्य
२०७४ को प्रदेश सभा निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र नं. १ (ख) बाट नेकपा एमालेबाट अत्याधिक मतका साथ विजयी हुनु भएको थियो ।

आचार्यको सामाजिक सेवा
संस्थापक शिक्षक बनेर आफ्नै प्रबन्धकत्वमा गाउँमै अन्नपूर्ण बोर्डिङ्ग स्कुल (सामुदायिक हाल समायोजन) खोलेर गुणस्तरीय शिक्षाको थालनी, गरेका आचार्य २०५१ सालमा उद्बुद्ध माध्यमिक विद्यालय भवन निर्माण समितिको अध्यक्ष, २०४९ देखि हुमिन पूर्वखोला मोटरबाटो खन्ने प्रयास आचार्यको सक्रियतामा भएको थियो ।
२०५१ सालमा जब नेकपा एमालेको नौ महिनाको सरकारले आफ्नो गाउँ आफै बनाउन कार्यक्रम ल्याएपछि २०५१ मा हुमिन–रिङनेरह–ज्यामिरे मोटरबाटो उपभोक्ता समितिको अध्यक्ष बने । यही मोटरबाटो निर्माणमा आचार्यले गरेको योगदानले जनतमा नयाँ विश्वास दिलायो र आचार्यलाई युवाहरुसंग सामाजिक काममा संलग्न हुने थप उर्जा मिल्दै गयो ।
विभिन्न संघ संथा संग संमन्यन गरेर पूर्वी पाल्पामा युवा क्लव भवन, स्थानीय अन्य विद्यालयहरूमा कक्षाकोठा थप, जाडोमा कपडा वितरण कार्यक्रम तथा विपन्न, गरीब असहायहरूको लागि आयआर्जनका कार्यक्रम, कति जेहन्दार विद्यार्थीहरूलाई उच्चशिक्षाका लागि छात्रवृत्तिको व्यवस्था र कति युवाहरूले प्राविधिक दक्षता हासिल गराउने कार्यमा आचार्यको सक्रियाता निरन्तर रहेको थियो । युवाहरूलाई सामाजिक काममा संलग्न अध्यक्ष हात्तीलेक युवा क्लव गठन आचार्यको सक्रिय भुमिका रहेको थियो ।

२०५४ देखि निरन्तर उद्बुद्ध माध्यमिक विद्यालय अध्यक्षको भूमिका रहेर शैक्षिक विकासमा योगदान गरेका आचार्य २०६३ देखि उद्बुद्ध कलेजको व्यवस्थापन समितिको तीन पटक अध्यक्ष बनेर काम गर्नु भएको छ । आचार्य ग्रामीण सामुदायिक विद्युतिकरण कार्यक्रमको संथापक अध्यक्ष बनेर रिङनेरह, विरकोट, सिलुवा, खालीवन लगायतका गाविसमा विद्युतिकरण गर्न सफल भएको थियो । आचार्यकै पहलमा सिलुवामा विद्युत वितरण सब स्टेशन निर्माण समेत भएको छ ।

आचार्य जिल्लाको ख्याति प्राप्त शैक्षिक संस्था जनता माध्यमिक विद्यालय तानसेनको २०६२ देखि पटक÷पटक व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर विद्यालयको भौतिक र शैक्षिक सुधारमा विशेष दक्षतापूर्वक नेतृत्व गरेको चर्चा हुन्छ । यसैगरी जेभिटीमा सञ्चालित पाल्पा बहुमुखी क्याम्पसको अध्यक्षता समेत भएका आचार्यले काम गर्नु भएको थियो ।

पब्लिक क्याम्पस संघ पाल्पाको अध्यक्ष बनेका आचार्य सामुदायिक विद्युत उपभोक्ता महासंघको केन्द्रिय सदस्य र सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला सदस्य समेत बन्नु भएको थियो ।
२०७२ सालको भूूकम्पपछि नेकपा एमाले केन्द्रिय कमिटिले परिचालन गरेको पुननिर्माणमा स्वंयसेवक कार्यक्रम अन्र्तगत रसुवामा नवलपरासी, अर्घखाँची, गुल्मी र पाल्पा जिल्लाका स्वंयसेवकहरुको संयोजक बनेर १५ दिनसम्म पुननिर्माण कार्यमा सक्रिया सहभागी । पार्टी केन्द्रिय कमिटिले उत्कृष्ट कार्यसम्पादन गर्ने टोलीको रुपमा पहिचान गरेको थियो ।
पूर्वखोला बहुउद्देश्यीय सहकारी संस्था, लोकेश्वर मन्दिर निर्माण लगायत दर्जन भन्दा बढी संघ संस्था स्थापना र सञ्चालनमा निरन्तर सहयोग गरेको आचार्यको चर्चा हुने गर्दछ ।

प्रदेश सभा सदस्य भए पछि आचार्यले गरेका कामहरु
प्रदेश सभा सदस्य आचार्यले आफ्नो निर्वाचन क्षेत्रसंगै पाल्पाकै विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्य । नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेल भएको बेला पाल्पाका धेरै महत्वपूर्ण विकास पूर्वाधार प्रदेश सरकारले निर्माण गरेको थियो । रम्भा, पूर्वखोला र माथागढी गाउँपालिका पहुँचमार्ग स्तरउन्नती काम भइरहेको । पर्यटकीय स्थानहरु रिमिघा, रम्भादेवी, माथागढी, वाकुमगढी र रुप्से पिपलडाँडा जस्ता पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धनका प्रयास भएका छन् ।
बर्षाद्मा खोलाहरुमा सडक पुल नहुदा यातायात ठप्प हुने बधबारी खोला, सुजरखोला (खहरेखोला) जमलेघाट, कोन्द्रेखोला, बहादुरपुर अरुणखोला र चर्चरे–कोल्लडाँडामा सडक पुल प्रदेश सरकारबाट निर्माण गर्न आचार्यको पहलकमी प्रशांसा गर्न लायक भएको स्थानिय जनता बताउछन् । झडेवा, ओझाखोला र गडिया खोलामा पनि कलर्भट निर्माण भएपछि सहज यातायात सञ्चालन भएको छ ।
प्रदेश सरकारको एक घर एक धारा अभियान अन्र्तगत पाल्पा जिल्लामा थुप्रै खानेपानीका योजना सञ्चालन भएका छन् । केराउली खानेपानी, देवगिर खानेपानी, सिकारकोट खानेपानी, वलाम्दी बुढीकोट खानेपानी, पोखरीछाप खानेपानी, मालेखरर्क झम्राङ्ग खानेपानी, माथा खानेपानी ,ताहुँ फेदीखोला खानेपानी, फुरुङदी खानेपानी जस्ता दर्जनभन्दा बढी खानेपानी योजना निर्माण प्रदेश सरकारबाट थालिएको थियो ।
प्रदेश सरकारको एक पालिका एक सभाहल कार्यक्रमबाट माथागढी र पूर्वखोला गाउँपालिकामा सभाहल निर्माण भएको छ । स्वास्थ्यका लागि खेलकुद अन्र्तगत सराइ खेलमैदान, जल्पा खेलमैदान, अर्सेदी किक्रेट खेलमैदान र ताहुँ नाचनडाँडा खेलमैदान पनि आचार्यकै पहलमा निर्माण भएका हुन् ।
बस्ती विकास कार्यक्रम अन्र्तगत सराई वस्ती विकास र पूर्वखोला बस्ती विकासको सम्भाव्यता अध्ययन काम भइरहेको छ । तिनाउ खोला, झडेवा खोला र पूर्वखोला नदि नियन्त्रणमा समेत आचार्यको पहल महत्वपूर्ण छ । सिंचाई अभाव भएको फाँटहरूमा व्यवसायीक कृषिलाई प्रवद्र्धन गरी उत्पादन बृद्धि गर्न मनसेवा दमार सिंचाइ, मटेरी सिंचाई, मर्मरा खापुक सिंचाई र चिडिया दमार सिंचाई योजना सञ्चालन भएका छन् ।

आचार्यको उम्मेदवारी
पार्टीको संसदीय फाँटको जिम्मेवारी दिने निर्णयलाई सहर्ष शिरोधार्य गर्दै २०७४ को प्रदेश सभा क्षेत्र नं (ख) बाट प्रदेश सभा सदस्य बनेका आचार्यलाई पार्टी उनको योगदानको मुल्याङकन गरेर एमाले प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेकपा एमालेको सूर्यध्यवजावाहक उम्मेदवार बनाएको छ । जनताको घरदैलो गरिरहेका आचार्य चुनावी मैदानमा छन् । यस क्षेत्रको समग्र विकासमा पूर्णतः दायित्व निर्वाह गर्ने प्रतिबद्धतासहित मतदातासँग भेटघाट गरिरनु भएको छ । आचार्य नागरिकको समस्या समाधान सिर्जनशील ढंगले गर्न सक्ने कुरा व्यवहारमै उतार्न चाहन्छन् आचार्यको उम्मेदवारीको औचित्यबारे बुद्धिजीवी तथा साहित्यकार नीलकण्ठ न्यौपाने भन्छन् “शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि पाल्पाली अर्थतन्त्रको मेरुदण्ड हुन् । जसका लागि पूर्वाधार तयार पार्न योजनाबद्ध रूपमा अघि बढ्नु पर्ने समयको माग हो । यसको संयोजन कार्यान्वयन सक्षम राजनीतिक नेतृत्वले मात्र सम्भव बनाउन सक्ने कटु यथार्थ पनि हो त्यसको लागी सक्षम व्यक्ति आचार्य हुन् ।”
प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका आचार्यका अनुसार गाउँ गाउँमा खनिएका कच्ची बाटोको स्तरउन्तीसंगै संरक्षण पहिलो खाँचो छ । नियमित भरपर्दो विद्युत सेवा विस्तार गर्न आवश्यक छ । कृषिमा व्यावसायिकरण र यान्त्रिकरणसंगै कृषिमा युवा आकर्षण गर्नु र रोजगारी सिर्जना गर्नुपर्नेछ । प्रविधिको विकास र उद्यमशीलताले देशलाई आत्मनिर्भरतातिर उभ्याउने र देश विकासको दायित्वसँगै यस क्षेत्रको सक्षम प्रतिनिधित्व भई कार्य सम्पादन गर्न क्षेत्र नं. १ मा नेकपा एमालेबाट उम्मेदवारी बनेको हो घर दैलोको क्रममा प्रतिबद्धता व्यक्त गर्नु भएको छ स।
सन्र्दभ सामग्री
गाउँले देउराली पत्रिका २०७४ मंसिर १ र किरण कौशल(पत्रकार)


प्रकाशित : २०७९ कार्तिक १६ गते २०:४६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology