हरिबोधिनी एकादशी रामपुरले दियो सार्वजनिक विदा ; पूर्वखोलाले हटायो ।

Kandara News
प्रकाशित : २०७९ कार्तिक १८ गते ७:२०

हरिबोधिनी एकादशी रामपुरले दियो सार्वजनिक विदा पूर्वखोलाले हटायो ।
पाल्पा , कार्तिक १८
हरिबोधिनी एकादशीको दिन शुक्रबार १ दिनको लागि रामपुर नगरपालिकाले पालिका भरि १ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

रामपुर नगरपालिकाले नगरपालिका भएर बग्ने नदी कालीगण्डकी क्षेत्रमा भव्य रुपमा मनाइने पवित्र चाड हरिबोधिनी एकादशी २०७९ को पावन अवसरमा शुक्रबारका दिन निणर्य गरेको बताईएको छ । शुक्रबार रामपुर नगरपालिका र नगरपालिका मातहतका सम्पूर्ण वडा कार्यालयहरु, शिक्षण संस्था, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले सुचना सार्वजनिक गरेको छ ।
पूर्वखोला गाउँपालिकाले भने शैक्षिक सत्रको क्यालेन्डरमा हरिबोधिनि एकादशीको को दिन सार्वजनिक विदा राखेको थियो । तर मंगलबार पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर सारुले भुलबस क्यालेन्डरमा विदा भएकोले उक्त दिन पालिकामा सार्वजनिक विदा नहुने बताउनु भएको छ । केही शैक्षिक संथाले भने स्थानिय विदा राखेर शैक्षिक संथा बन्द गर्ने सुचना सार्वजनिक गरेको छ ।


प्रकाशित : २०७९ कार्तिक १८ गते ७:२०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology