राष्ट्र र राष्ट्रियता रक्षार्थको लागि एमालेले जित्नुपर्ने – नेता आचार्य

Kandara News
प्रकाशित : २०७९ कार्तिक १८ गते १९:५६

पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले राष्ट्र र राष्ट्रियता रक्षार्थको लागि एमालेले जित्नुपर्ने बताउनुभएको छ । माथागढी गाउँपालिकाको गोठादी र हात्तिलुङमा भएको घरदैलो तथा टोलभेला कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन अनिवार्य रहेको बताउनुभयो ।

मनसेवा दमार सिँचाई योजना सम्पन्न गर्ने, यहाँ अहिलेपनि मोबाइल नेटवर्कको समस्या भएकाले यसको लागि आफूले कम गर्ने आचार्यले बताउनुभयो । झँडेवा–खैरेनी र जगात–भुटुके–सुनवल सडक स्तरोन्नति गर्ने, यहाँको लघुजलविद्युतबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रशारणमा जोड्ने र यहाँको आम्दानीको स्रोतमा वृद्धि गर्ने बताउनुभयो । साथै ग्रामिण विद्युतिकरणको कार्यक्रमलाई सम्पन्न गर्ने बताउनुभयो ।

पाल्पा क्षेत्र नम्बर १ प्रदेशसभा १ का उम्मेदवार राजुप्रसाद श्रेष्ठले रामपुर नगरपालिका–५ बेझाड, मटेरी, बहखोला, राङभाङमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ । आफू निर्वाचित भएपछि नयाँ ट्रयाक खोलिएका सडकको स्तरोन्नति गर्ने र बाँकी सडकलाई आवश्यकताअनुसार ग्राभेल र कालोपत्रे गर्ने उहाँले बताउनुभयो । यहाँका युवालाई स्वरोजगार बनाउनका लागि प्रभावकारी कार्यक्रमका लागि पहल गर्ने बताउनुभयो ।
पाल्पा क्षेत्र नम्बर १ प्रदेशसभा २ का उम्मेदवार खेमबहादुर सारुले इतिहास बोकेको माथागढीलाई धार्मिक पर्यटकका लागि आकर्षक बनाउने बताउनुभयो । साथै यहाँको कृषि र सिँचाईको क्षेत्रमा विशेष कार्यक्रम सञ्चालनका लागि पहल गर्ने बताउनुभयो ।


प्रकाशित : २०७९ कार्तिक १८ गते १९:५६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology