पाल्पा काँग्रेस उम्मेदवार घरदैलोमा

Kandara News
प्रकाशित : २०७९ कार्तिक १८ गते २०:१८

प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. १ का गठबन्धन तर्फका उम्मेद्वारहरुले क्षेत्रको विकासलाई गति दिन गठबन्धनलाई जिताउन आग्रह गरेका छन् । निर्वाचनको लागि प्रचार–प्रसारको क्रममा पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पा र वडा नं. ४ देविनगर पुगेका उम्मेद्वारहरुले क्षेत्रको परिवर्तन र विकासलाई गति दिन गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका हुुन् । कांग्रेस पाल्पाका उपसभापति एवं प्रतिनिधि सभा पाल्पा क्षेत्र १ का गठबन्धनका उम्मेद्वार ज्ञान बहादुर गाहाले विगत २८ वर्ष देखि क्षेत्रमा एमालेले नेतृत्व गर्दै आए पनि समय सापेक्ष विकास हुन नसकेकाले अब गठबन्धनले जित्नुुपर्ने बताए । अहिले सम्म पनि जिल्लाको पूर्वी भेगका जनता अन्धकार मै बस्नु पर्ने, डोकोमा पानी भरेर खानु पर्ने बाध्यता रहेको भन्दै अब नेतृत्व परिवर्तनको विकल्प नरहेको उनले बताए । क्षेत्र नं.१ को प्रदेशसभा १ (क) का उम्मेदवार श्यामकान्त खनाल, १ (ख)का शंकर खनालले पनि जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताएका छन् । क्षेत्र नं. १ प्रदेश (२) का उम्मेदवार शंकर खनालले जल्पा, देविनगर लगाएतका स्थल पर्यटकिय सम्भावना बोकेको रमणीय स्थल रहेको भन्दै यहाँको पर्यटन प्रवद्र्धधनका लागि आवश्यक पूर्वाधार निर्माणमा पहल गर्ने बताए । साथै खनालले विकासको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे । नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य लिला सोमैले जनताले अब एक पटक सोच्ने समय आएको बताईन् । संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताईन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला सदस्य दुर्गा प्रसाद अधिकारीले मुलुकको स्थायित्वको लागि गठबन्धनलाई मतदान गर्नु पर्ने बताए । कांग्रेसका प्रदेश समानुपातिक उम्मेद्वार तारा रसाईलीले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि कांग्रेसलाई मतदान गर्न अनुरोध गरिन् । सोही अवसरमा

कांग्रेस पाल्पाका सचिव सन्तोष कुमार थापा, क्षेत्रिय सभापति झमन राज मगर, पुर्वखोला गाउँपालिकाका सभापति विष्णु कुमारी आचार्य, काँग्रेसका वडा सभापति रन बहादुर रखाल, कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि रुद्र खनाल, कांग्रेस पूर्वखोला ४ का सभापति गिर बहादुर लम्काहा, कांग्रेसका क्षेत्रिय सचिव मधु पराजुली लगायतका नेताहरुको सहभागीता रहेको थियो ।


प्रकाशित : २०७९ कार्तिक १८ गते २०:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology