जनता समाजवादी पार्टी को ठुलो हिस्सा नेपाली जनप्रगतिशिल मञ्च कतार मा ध्रुवीकरण

बिकास गैरे
प्रकाशित : २०७९ कार्तिक १९ गते १५:५६

 

दोहा, कतार

नेपाली जनप्रगतिशील मंच, कतारले ध्रुवीकरण अभियान तथा प्रशिक्षण समारोह बिच जनता सामाजवादी पार्टी परित्याग गरि ४० जना भन्दा बढी जनप्रगतिशील मंच कतार मा प्रवेश गरेका छन।

 

नेपाली समाज कतारका उपाध्यक्ष प्रकाश आले मगरको नेतृत्वमा अन्य पदाधिकारी सहितको ठुलो हिस्सा नेपाली जनप्रगतिशिल मञ्च कतारमा ध्रुवीकरण भएको छ ।

 

कार्यक्रम नेपाल र कतार को रास्ट्रिय गान बाट शुरु गरिएको र जनयुद्द लगायत तमाम मुक्ति का खातिर बलिदानी दिने सम्पूर्ण शहिद हरुको सम्मान मा १ मिनेट मौन धारण गरिएको थियो।

शुक्रबार नेपाली जनप्रगतिशिल मञ्च कतारले आयोजना गरेको एक कार्यक्रमका बिच मञ्चका अध्यक्ष बुद्दि प्रसाद भण्डारी, पश्चिम एसिया क्षेत्रीय समितिका अध्यक्ष शनि कुमार वली लगायत मन्च का सल्लाहकार हरुले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको हो । नेपाली समाज संघीय समाजवादी पार्टीको प्रवास संगठन हो भने नेपाली जनप्रगतिशिल मञ्च नेकपा माओवादी केन्द्रको प्रवास संगठन हो ।

 

जनता समाजवादी प्रवास संगठन कतारका उपाध्यक्ष प्रकाश आले मगर, उपमहासचिव गजेन्द्र खालिङ्ग राई, सह कोषाध्यक्ष एक्का प्रसाद तामाङ योगेन्द्र, धर्म राज राई, सांस्कृतिक उप संयोजक बिज्ञान राई, ईन्द्र तामाङ ,बिनोद राना, बाबुराम थापा, आसा राई, प्रकृति राई , सल्लाहकार बाबुलाल महतो ,सनक बम्जन, नैन भुजेल, भिम बहादुर नेपाली,सन्तोष राना, दावा शेर्पा ,नर बहादुर राई, निरु राई,मदन दास, दृस्ठि महर्जन ,राम कुमार राई, बिबश लिम्बू ,गुरुदेव चौधरी ,राम बहादुर तामाङ ,आइवी बाईवा,गौतम मोक्तान,नर मान स्यान्ताल, फूर्वा तामाङ, युव राज योन्जन,दावा ग्याम्बा तामाङ , मेग बहादुर मगर, लाल बहादुर गोले, अनिता राई, अस्मिता राई,दिपेन्द्र सरदार लगाएतको समुहले नेपाली जनप्रगतिशील मंचमा प्रवेश गरेका हुन्।

 

कार्यक्रममा बोल्दै नेपाली जनप्रगतिशिल मञ्च पश्चिम एसिया क्षेत्रीय समितिका अध्यक्ष शनि कुमार वलिले परिवर्तनकारी शक्तिहरु बिभाजित हुँदा माओवादी जनयुद्धको जगमा प्राप्त उपलब्धि गुम्ने खतरा बढेको भन्दै पुनः सबै शक्ति एकाकार भएर अगाडि बढनुपर्ने बताउनुभयो ।

 

उहाँले केपी वलीको नेतृत्वमा पटकपटक परिवर्तनलाई उल्टाउने प्रयास भएकोले गणतन्त्रको रक्षाका खातिर लोकतान्त्रिक शक्ति बीच गठबन्धन भएको भन्दै गणतन्त्रको रक्षाको निम्ति आफुहरु जस्तोसुकै परिस्थिति सामान गर्न तयार रहेको बताउनुभयो ।

 

प्रमुख अतिथि शनि कुमार वलिले वर्तमान संविधान पुर्ण नभएको र आफ्ना फरकमत रहेतापनी तत्कालीन अवस्थामा यसलाई सदुपयोग गरेर नै प्राप्त उपलब्धि संस्थागत गरेर अगाडि बढनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा ध्रुवीकित भएर आउनुभएका नेपाली समाज कतारका उपाध्यक्ष प्रकाश आले मगरले नेतृत्वले कार्यकर्ताको भावना बिपरित परिवर्तन बिरोधि सङ्ग गठबन्धन गरेर अगाडि बढेपछि नेपालको परिवर्तनको मुख्य शक्ति माओवादी भएकोले आफुहरुले यहि पार्टी रोजेको बताउनुभयो ।

पुनले विगतम फरक पार्टीमा भएपनि एजेन्डाका हिसाब यही पार्टी संग नजिक रहेकोले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी सहभागीता जस्ता परिवर्तनका खातिर आफ्नो साहदत दिएका सम्पुर्ण सहिदहरुको सपना पूरा गर्न आफ्नो तर्फबाट लाग्ने बताउनुभयो ।

 

कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्च पश्चिम एसिया क्षेत्रीय समितिका सल्लाहकार श्रीकृष्ण भट्टराई, जैवी राई तथा गजेन्द्र राइले लगाएतले मन्तव्य राख्नुभएको थियो ।

 

नेपाली समाज कतारका उपाध्यक्ष प्रकाश आले मगर,उप-महासचिव गजेन्द्र खालिङ्ग राई, सह- कोषाध्यक्ष एक्का प्रसाद तामाङ योगेन्द्र, धर्म राज राई, सांस्कृतिक उप संयोजक बिज्ञान राई, ईन्द्र तामाङ ,बिनोद राना, बाबुराम थापा, आसा राई, प्रकृति राई , सल्लाहकार बाबुलाल महतो ,सनक बम्जन, नैन भुजेल, भिम बहादुर नेपाली,सन्तोष राना, दावा शेर्पा ,नर बहादुर राई, निरु राई,मदन दास, दृस्ठि महर्जन ,राम कुमार राई, बिबश लिम्बू ,गुरुदेव चौधरी ,राम बहादुर तामाङ ,आइवी बाईवा,गौतम मोक्तान,नर मान स्यान्ताल, फूर्वा तामाङ, युव राज योन्जन,दावा ग्याम्बा तामाङ , मेग बहादुर मगर, लाल बहादुर गोले, अनिता राई, अस्मिता राई,दिपेन्द्र सरदार लगाएत चालिस बढीको समुह नेपाली जनप्रगतिशील मंचमा प्रवेश गरेका हुन्।

 

नेपाली जनप्रगतिशिल मंचले ध्रुवीकरण अभियान बाट जोडिएका प्रकाश आले मगरलाई उपाध्यक्ष , गजेन्द्र खालिङ्ग राईलाई उप- महासचिव, बिनोद रानामगर लाई खेलकुद बिभागको सह-संयोजक, बिज्ञान राईलाई सांस्कृतिक बिभाग सह-संयोजक र बाबुलाल महतोलाई सल्लाहकारमा मनोनीत गरिएको र अन्यलाई आगामी बैठक मार्फत जिम्मेवारी दिइने मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले बताउनुभयो ।
यस्तै मञ्चमा रिक्त रहेको उपाध्यक्ष पदमा मञ्चकै युवा संयोजक नेत्र प्रसाद आचार्यलाई मनोनित गरिएको छ।

 

अन्त्यमा; अध्यक्ष बुद्धि प्रसाद भण्डारीले कतारमा बैचारिक संगठनले गर्ने सामाजिक कार्यहरुमा सहकार्य गरि बिभिन्न संघ संस्थाहरुमा आफ्नो पार्टीका आस्थावानहरुको उल्लेखिनिय सहभागिता रहेको र रहनुपर्ने बताउदै। हामी मिलेर संगठनलाई बलियो बनाएर लैजान सकिने बताउदै जनयुद्द र संघर्षबाट आएका सहिदका सपनाहरु अहिले पनि अधुरा रहेको बताए। हाम्रो पार्टीले निर्धारण गरेको मार्ग निर्देशक सिदान्त , नीति तथा कार्य योजना वरिपरि देश को सासकिय ब्यबस्था रहेको र देश अहिले गणतन्त्र , संघियता, धर्म निरपेक्षता , समाबेशिता, समानुपातिक, राजनैतिक प्रणाली आफ्नो पार्टी द्वारा र पार्टी का हजारौं सहिद को बलिदानी द्वारा सिर्जित रहेको र हाम्रा सहिद योद्दा , घाईते, अपाङ्ग , उत्पीडित बर्ग, दलित, महिला, मधेशी, मुश्लिम , आदिबाशी, जनजाति, थारु, सिमान्तकृत बर्ग हरुका अधुरा रहेका सपना संस्थागत गर्नु पर्ने बताउदै एककृत हुनु भएका सबैलाई हार्दिक धन्यबाद प्रकट गर्दै एक जुट भएर संगठन निर्माणमा अगाडी बढ्नु पर्ने बताउनु भयो।

 

नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारी अध्यक्षताम सम्पन्न कार्यक्रम स्वागत उपाध्यक्ष सद्दाम हुसेनले र सन्चालन महासचिव माहमुद कार्कीले गर्नुभएको थियो ।

m


प्रकाशित : २०७९ कार्तिक १९ गते १५:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology