पुर्वखोलाको मंगलामा ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७९ कार्तिक १९ गते २०:४५

पाल्पा,कार्तिक १९
पाल्पाको पूर्वखोला-४,मंगलामा ट्रयाक्टर पल्टिँदा एकजनाको मृत्यु भएको स्थानियले जानकारी गराएका छन ।
देवीनगरको मोहकालबाट फर्किँदै गरेको लु ४ प ७१९८ नम्बरको ट्याकटर दुर्घटना हुँदा पुर्वखोला-२,जल्पा बर्मुका २२ वर्षिय कमल रानाको घटनास्थलमै मृत्युु भएको स्थानीय दिनेश थापाले बताउनुभएको छ । इलाका प्रहरी कार्यालय पूर्वखोलाको टोली घटनास्थल तर्फ जाँदै गरेको हुँदा दुर्घटाना बारे थप जानकारी आउँन बाँकी रहेको बताईएको छ ।


प्रकाशित : २०७९ कार्तिक १९ गते २०:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology