उद्बुद्ध कलेज को १६ औं साधारण सभा सम्पन्न ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ कार्तिक २६ गते १९:४३

उद्बुद्ध कलेज को १६ औं साधारण सभा सम्पन्न ।
पाल्पा , पूर्वखोला उद्बुद्ध कलेजको १६ औं साधारण सभा विभिन्न कार्यक्रम गरेर सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथी पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले यस कलेज पूर्वखोलाको नै गौरवको कलेज रहेको बताउदै पूर्वखोला गाउँपालिका यस कलेजको व्यवस्थापन मा पालिकाको सहयोग हुने बताउनु भयो । थापाले गाउँमा बसेर पनि स्नातक सम्मको अध्ययन गाउँमै पढ्न पाएको बताउदै स्नातकको लागिनै बजार जानू पर्ने बाध्यता अत्य बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि भागरथी भट्टराईले बुहारी तथा छोरिहरु यस कलेजमा अध्ययन गरेर शिक्षित बन्दै गएको बताउनु भयो ।
कार्यक्रमा कलेज प्रमुख हरि प्रसाद न्यौपानेले करिब ८१ लाख बराबरको आम्दानी खर्च पेश गर्नु भएको थियो । कलेज प्रमुख न्यौपानेले कलेजमा हाल १६ जनाले अध्यापन गराउदै आएको बताउदै १५५ जना विद्यार्थी अध्यनरत रहेको र १३१ जनाले स्नातक उत्तीर्ण गरेको बताउनु भयो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिका वडा न ३ वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई , चन्दादाता लक्ष्मुण ढकाल , निलकण्ठ न्यौपाने , जिवनाथ न्यौपाने , जीवन आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कलेजको १६ औं साधारण सभाको अवसरमा पूर्व कलेज प्रमुख सुशील न्यौपाने , कृष्ण प्रसाद भट्टराई , अक्षकोशदाता प्रकाश राज रेग्मी , पूर्व कर्मचारी नर प्रसाद आचार्यलाई सम्मान गरेको थियो ।

कार्यक्रम उद्बुद्ध कलेज व्यवस्थापन समितीका कार्यवाहक अध्यक्ष ईश्वरी प्रसाद न्यौपाने को अध्यक्षतामा उपप्रध्यापक शिवलाल अधिकारिको स्वागत तथा उपप्रध्यापक अन्नत राम पाण्डेको सचालनमा भएको हो ।


प्रकाशित : २०७९ कार्तिक २६ गते १९:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology