पूर्वखोलामा सिङ्गो गाउँ नै एमालेमा प्रवेश ।

Kandara News
प्रकाशित : २०७९ मंसिर १ गते ११:२४

पूर्वखोला मा सिङ्गो गाउँ नै एमालेमा प्रवेश ।
पाल्पा
पाल्प पूर्वखोलाको -५ को विरकोट मालेखर्क र पूर्वखोला -३ अर्खलडाँडाको कोरङ्गा टोल नेपाली काँग्रेसमा आस्ता राख्ने करिब ६० घरपरिवारहरु एमाले प्रवेश गर्नु भएको छ । नेकपा एमाले पाल्पा क्षेत्र १ का उम्मेदवार नारायण प्रसाद आचार्य , खेम सारु लगाएत नेताहरुले पार्टी प्रवेश गराउनु भएको हो । पार्टी प्रेवेश संगै उम्मेदवार आचार्यले यो क्षेत्रको विकास निर्माणमा नेकपा एमाले कटिबद्ध रहेको बताउदै गाउँ समाज र टोलको विकासमा आफू र नेकपा एमाले कटिबद्ध रहेको बताउनु भयो ।

नेकापा एमाले पूर्वखोला-३ को अर्खलडाँडाको कोरङ्गामा भेलालाई सम्बोधन गर्दै स्याफत देउराली – अर्खलडाँडा -तामाखानी को बाटोमा आफू निर्वाचन भएको २ बर्ष भित्रमा बस हिडेने गरि स्तर उन्नति गरिने बताउनु भयो । उम्मेदवार आचार्यले विद्युत् , खानेपनी यस क्षेत्रको सबै ठाउँ मा भएको र केही ठाउँमा काम हुँदै गरेको त्यो छिटै हुने गरि काम भएको बाताउदै यो सब नेकपा एमाले नेकपा एमालेको नेतृत्वको कारण सफल भएको बताउनु भयो । आचार्यले सिचाई, शिक्षा, युवा स्वरोजगार पर्यटन क्षेत्रलाई ध्यानमा राखेर काम गर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला , पालिका , वडाको नेताहरुको उपस्थित रहेको थियो ।


प्रकाशित : २०७९ मंसिर १ गते ११:२४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology