पूर्वखोलामा ५० प्रतिशत अनुदानमा २८ टन आलुको बीउ वितरण

Kandara News
प्रकाशित : २०७९ मंसिर ११ गते १८:०६

पाल्पा पूर्वखोला मंसिर ११ पूर्वखोला गाउपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थीक सहयोग तथा समाज उत्थान सहयोग केन्द्रको सम्वनयन सञ्चालित पूर्वखोला कृषि तथा पशु उद्यमसिलता विकास परियोजनाले पूर्वखोला गाउँपालिकाको १६ सय भन्दा बढी किसान लाभान्वित हुनेगरी २८ टन जनक देव दुई जातको आलुको विउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि तथा पशु उद्यमसिलता विकास परियोजनाका संयोजक देव ढेग्गाले बताउनु भयो । प्रती किलो ७० रुपैयाँ का दरले पर्ने आलुको बीउ ३५ दरले पूर्वखोला बाट वितरण गरिएको हो ।

आलु वितरण कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन वहादुर थापाले पूर्वखोलालाई कृषि मा आत्मनिर्भर बनाउने गाउँपालिकाको योजना रहेको बताउदै स्टार्ट पूर्वखोला गांउ पालिकालाई उत्पादन मुलक रुपमा अगाडि बढाउने र युवाहरु उत्पादन क्षेत्रमा आत्मनिर्भर हुदै जानू पर्ने बताउनु भयो ।
पालिका उपाध्यक्ष भागिरथी भट्टराईले आलु खेती व्यवसायीक रुपले सुरुवात गरेर आर्थिक आय- आर्जन तर्फ लाग्नु पर्ने बताउनु भयो ।
प्रमुख प्रसासकिय मान वहादुर सारुले उद्यमी बनेर लगानी अनुसारको प्रतिफल आउने गरि काम गर्न शुभकामना व्यक्त गर्नुभयो ।
कृषि शाखा प्रमुख सन्तोष कँडेलले आलुको बीउ रोप्ने देखि आलुकोमा लाग्ने रोग र त्यसको उपचारको बारेमा बताउनु भएको थियो ।

आलुको बीउ वितरण कार्यक्रम पूर्वखोला गाउँपलिका वडा न ३ वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा रविन्द्र पंगेनीको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ मंसिर ११ गते १८:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology