गरिबी निवारणका लागि लघु विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न ।।

प्रेम बहादुर बाकावल
प्रकाशित : २०७९ मंसिर १३ गते १५:२८

२०७९ मङ्सिर १३, निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटमा गरिबी निवारणका लागि लघु विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। निस्दी गाउँ पालिकाको आयोजनामा संचालन भएको १ दिने अभिमुखिकरण कार्यक्रमको अध्यक्ष वडा नम्बर २ का वडा अध्यक्ष फत्ते सिंह दर्लामी रहेको हो ।
अभिमुखिकरणको सहजीकरण निस्दी गाउँ पालिकाका उद्यम विकास सहजकर्ता पुष्पा चौधरीले गर्नुभएको हो। यस कार्यक्रमबाट निस्दी २ सहलकोटमा साबुन बनाउने तालिम संचालन गर्ने टुंगो लगाएको छ।
कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष फत्ते सिंह दर्लामीले तालिम प्राप्त गरिसके पछि व्यवहारमा लागू गर्दै उद्यमि बनी आर्थिक उन्नति गर्न आग्रह गर्नुभयो । साथै यसका लागि पालिकाले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।


प्रकाशित : २०७९ मंसिर १३ गते १५:२८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology