लक्ष्मी लघुवित्तले आफ्नो वार्षिकोत्सबमा छात्रवृत्ति गर्‍यो

होम राई मगर
प्रकाशित : २०७९ मंसिर १३ गते १८:४१

पाल्पा / १३ मंसिर । लक्ष्मी लघुवित्त वित्तीय संस्था रामपुर पाल्पा शाखाले आफ्नो छात्रवृत्ति वितरण गरेको छ ।

निस्दी गाउँपालिका पाल्पामा रहेको अंशुवर्मा माध्यमिक विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीहरुलाई वित्तीय साक्षरता तथा स्टेसनरी सामाग्री वितरण गरिएको हो । संस्थाको १२ औं वार्षिकोत्सबको अवसरमा गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरिएको शाखा प्रमुख अमर राज जोशीले बताउनुभएको छ । छात्रवृत्ति वितरण कार्यक्रममा सहलकोटका वडाध्यक्ष फत्ते सिं दर्लामी, विद्यालयका प्रधानाध्यापक नवलसिं बिरकट्टा लगायतकाले बोल्नु हुँदै कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।

विभिन्न व्यवसायिक कार्यक्रमहरुमा उत्प्रेरणात्मक कार्यक्रम गर्दै आएको संस्थाले विद्यार्थीहरुको शैक्षिक बिकासमा समेत जोड दिइएको शाखा प्रमुख जोशीले बताउनुभएको छ ।


प्रकाशित : २०७९ मंसिर १३ गते १८:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology