पाल्पामा लागूऔषधसहित एक युवकलाई पक्राउ

Kandara News
प्रकाशित : २०७९ मंसिर १९ गते १८:२४

पाल्पा,मंसिर १९
पाल्पामा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ का ३९ वर्षीय अनिल साइ रहेको प्रहरीले जनाएको छ । हिजो दिउसो करिब साढे १ बजेको समयमा जिल्लाको बगनासकाली–३, पोखराथोक नजिकैबाट प्रहरीले लागूऔषधसहित साइलाई पक्राउ गरेको हो ।
बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग १३ प ४०३६ नम्बरको मोटरसाइकललाई सिद्धार्थ राजमार्गको पोखराथोकमा चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् । पक्राउ परेका साइको साथबाट प्रहरीले टर्सिरेक्स सय एमएलको पाँच बोत्तल, निट्राभेट–१० लेखेको नौँ ट्याबलेट, स्याम्पेक्स १६ ट्याबलेट फेला परेको छ । मोटरसाइकलको टुल बक्स भित्र लुकाई छिपाइ राखेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका साइलाई थप अनुसन्धान गरिइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।


प्रकाशित : २०७९ मंसिर १९ गते १८:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology