१९औं महिला सामुदायिक स्वास्थ स्वयं सेविका दिवस सम्पन्न ।

प्रेम बहादुर बाकावल
प्रकाशित : २०७९ मंसिर २० गते ८:२३

२०७९ मङ्सिर १९, निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटमा १९ औं महिला सामुदायिक स्वास्थ स्वयं सेविका दिवस मनाएको छ।
“महिला सामुदायिक स्वास्थ स्वयं सेविकाको प्रतिबद्धता , स्वास्थ प्रवर्द्धनमा हाम्रो एक्यवद्धता ” भन्ने मुल नाराका साथ मनाएको हो । दिवसको अवसरमा सहलकोटका नौ जना महिला सामुदायिक स्वास्थ स्वयं सेविका हरुलाइ निस्दी गाउँ पालिकाको सहयोग र स्वास्थ शाखाको समन्वयमा जनही एक सेट नोकिया मोबाईल र सिम कार्ड वितरण गरिएको छ।
सहलकोट स्वास्थ चौकी सहलकोटको आयोजनामा मनाइएको दिवसको अध्यक्ष स्वास्थ चौकी व्यवस्थापन समितिका अध्यक्ष फत्ते सिंह दर्लामी रहेको हो। अध्यक्ष दर्लामीले वितरण भएको मोबाइलको अधिकतम सदुपयोग गरि समुदायका नागरिकहरुलाइ स्वास्थ सम्बन्धि बढी भन्दा बढी सेवा प्रवाह गर्न सक्नुपर्छ भन्नुभयो । उहाँले यसरी दिवस मनाउदै गर्दा महिला सामुदायिक स्वास्थ स्वयं सेविकाहरुले स्वास्थ संस्थामा दिने कतिपय सेवाहरु गाउँमा नै प्रदान गरिरहेको र उक्त कार्यबाट जनताहरु खुशी भएको जानकारी गराउनु भयो ।
अनमी सीता दर्लामिको स्वागतबाट अगाडि बढेको कार्यक्रमको सन्चालन व्यवस्थापन समिति सचीव तथा स्वास्थ चौकी प्रमुख जगत थापाले गर्नुभएको हो।


प्रकाशित : २०७९ मंसिर २० गते ८:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology