विद्यालयमा हुनुपर्ने बालक दाम्लोमा बाँधिए !

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ मंसिर २२ गते १९:४६

विद्यालयमा हुनुपर्ने बालक दाम्लोमा
पाल्पा , पूर्वखोला ।
आज भन्दा करिब तीन बर्ष अगाडी दाम्लोले बाधिएका दुई नावालिकको अपाङ्ग भएकै कारण विद्यालय शिक्षा बाट बञ्चित रहेका खबर बन्यो तर पनि ती बालबालिकाहरुको तीन बर्ष पछि पनि अवस्थामा सुधार आएन । अहिले नेपालको संविधानमानै आधारभुत तह सम्मको शिक्षा अनिवार्य र निशुल्क उल्लेख गरे पनि पूर्वखोला -१ सिलुवा ढाक्रेवासका माधव सारुका दाजुभाई आधारभुत शिक्षा बाट बञ्चित छन् । दिउँसो भरी दाम्लोमा बाँधिने १२ बर्षे माधवलाई दाम्लोले बाध्नु आफू हरुको बाद्यता रहेको माधवका बुबा डिल बहादुर सारुले बताउनु भयो ।
( तीन बर्ष अगाडि माधब सारु आफ्नै गोठमा बाधिएको अबस्थामा )
बुबा सारुले छोरालाई दाम्लोले नबाँध्ने हो भने घर छोडेर भाग्ने तथा कता गयो पत्तै हुदैन । शारिरिक र मानसिक रुपले अपाङ्ग छोरालाई घरमै बाधेर राख्नु पर्ने बाध्यता रहेको उनले बताए । माधव सारु न बोल्न सक्छन् न सुन्ननै सक्छन् माधव सारुको दाजु १५ बर्षे दाजु नारायण सारु पनि शारिरिक रुपले अपाङ्ग नै छन् नारायण सारुलाई भने बाधेर राख्न नपरेको तर कहिले काहीँ आफ्नै तालले हिड्ने हुदा बेला बखतमा खोज्न जानपरेको बताउछन । दाजु नारायण सारु बुबाको पछि पछि हिड्ने गरेको स्थानिय याम बहादुर गाहाले बताउनु भयो । ( डोरीले बाधिएको भाइ माधव सारु र उनि संग रहेको उनको दाइ नारायण सारु) स्थानिय गाहाले दुबै छोरा हरु शारीरिक अपाङ्ग भएकाले उनिहरुलाई रेखदेख गर्न समस्या भएको बताउछन ।
डिल बहादुर सारु र मिना सारुको चार सन्तान मध्ये दुई छोराहरु पूर्ण अपाङ्गता रहेको छन भने एउटा छोरी सपाङ्ग र अर्को छोरी दुधे बालख छन । ( डिल बहादुरको परिवार )
माधव सारुको दुबै छोराहरुलाई नेपाल सरकारले वितरण गर्ने अपाङ्ग तर्फको रातो कार्ड प्राप्त गरेका छ्न । आर्थिकरुपले कमजोर डिलबहादुर सारुको गत बर्ष पूर्वखोला गाउँपालिकाले टिन प्रदान गरेको थियो । त्यस पश्चात टिनको छानो लगाएको बताउछन । सारु दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्दै आएको डिलबहादुर सारुको अन्य आम्दानिको स्रोत भने छैन ।

स्थानिय शिक्षक धिरज पंगेनीले विद्यालय तहमा हुनु पर्ने यी बालबालिकाहरुले आफ्नो स्वास्थ्य अवस्था सुधार संगै शिक्षामा पनि जोड्न दिन सकियो भने साच्चै ती बालबालिकाहरुको जीवन स्तर सुधारहुने बताए । पंगेनीले स्वास्थ्य उपचार संगै अपाङ्हरुले अध्यन गर्ने विद्यालयमा भर्ना गर्न पाए सिपका कुराहरु सिक्न मद्दत पुग्ने बताए ।


प्रकाशित : २०७९ मंसिर २२ गते १९:४६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology