निस्दी -४ मित्यालको चार गाउँमा पनि बल्न थाल्यो विजुली

Kandara News
प्रकाशित : २०७९ मंसिर २३ गते २१:०८

निस्दी -४ मित्यालको चार गाउँमा पनि बल्न थाल्यो विजुली
निस्दी, पाल्पा
पाल्पा निस्दी गा पा वडा नं ४ मित्यालको मुढावासमा लालिगुरास सहकारी संस्था मार्फत सामुदायिक विद्युतिकरण सम्पन भएको छ । मुढावास ट्रान्समिटरमा करिब एक महिना ट्रान्सर्फमरमा चार्ज गरे पश्चात आज औपचारिकरूपमा मुढावास, ढाक्रेदमार,भन्ताके, भुटिकुन, प्यागो लगायत पाँच टोलमा बिजुली बत्ति बाल्न सफल भएको छ । विजुली बत्ती उत्घाटन कार्यक्रमका प्रमुख अथिती निस्दी गाउँपालिका अध्यक्ष मुक्त वहादुर सारुले
विभिन्न आरोप प्रत्यारोप पछि र ठेकेदारको ठूलो जालझेल झेलिदै आज हामी उज्यालो निस्दिको नजिकै आएको बताउनु भयो । भूगोलले ठगिएको निस्दी गाउँपालिका अन्य गाउँपालिकाको दाजोमा पछाडी परेको बताउदै सारुले सबै संग समन्यन गरेमात्र काममा सफल हुने भन्दै निस्दीको एकतामा सबै एकजुट हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा मित्याल वडा अध्यक्ष सन्तवीर सुनरीले निस्दीमा सामुदायिक विद्युत चुनौती बनेको र अब त्यस्को सबै ठाउँमा सेवा विस्तार हुँदै गएको बताउनु भयो ।
कार्यक्रममा निस्दी गाउँपालिका प्रवक्ता तथा वडा न ६ का वडा अध्यक्ष मेक वहादुर सुनारीले निस्दी गाउँपालिकमा अहिले धेरै जसो वडाहरुमा विस्तार पुगिसकेको र बाँकी रहेका गाउँहरुमा पनि छिटै पुग्ने बताउनु भयो ।
कार्यक्रममा लालिगुरास सहकारिका अध्यक्षले विद्युत विस्तारको काम क्रमिक रुपले हुँदै गएको बताउदै उज्यालो निस्दीको सपना छिटै पूरा हुने बताउनु भयो ।
कार्यक्रम मुढावास ट्रान्समिटर मीन बहादुर सुनारीको अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०७९ मंसिर २३ गते २१:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology