पूर्वखोलाको ढोलीमारा चुलीडाँडा पर्यटकिय क्षेत्र बन्दै ।।

मायाँ राना
प्रकाशित : २०७९ मंसिर २४ गते २२:२८

जल्पा , पाल्पा
पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पा ढोलिमारामा “चुलिडाडा पर्यटकिय क्षेत्र शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
चुलीडाँडा, कबुलियति( अम्रीसो खेती ) पर्यटकिय क्षेत्र शुभारम्भ भएको छ र ढोलीमारा होमस्टे को आज औपचारिक रुपले समुद्घाटन सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले रिबन काटेर पर्यटकिय क्षेत्रलाइ औपचारिक रुपमा उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि गैरेले जल्पाको पर्यकिय सम्भावना बोकेको यस क्षेत्रले पूर्वखोलाको पहिचानमा समेत टेवा पुग्ने बताउनु भयो । गैरेले जल्पाको चुलिडाँडा बाट हिम दृश्यको साथ साथै तराईको महत्वपूर्ण स्थानहरुको समेत अवलोकन गर्नसकिने यो क्षेत्रले आन्तरिक पर्यटनमा टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिब उद्धव बहादुर थापाले कबुलियत बन क्षेत्रले पर्यटकिय क्षेत्र तथा यस क्षेत्रको आम्दानीको स्तरमा पनि सुधार हुने कबुलियत बनको संरक्षक गर्ने जिम्मेवारी यहि समुहमा रहेको बताउनु भयो ।

पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले यस क्षेत्रले पालिकाको विभिन्न क्षेत्रलाई पर्यटकिय स्थलको रुपमा अघिसारेको बताउदै यस्ता क्षेत्रले पर्यटकीय साथै जीवन स्तर उकास्न समेत टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला डिभिजन कार्यलयका प्रमुख दिपक ज्ञवाली , वडा अध्यक्ष नीर बहादुर सारु जापानी समाज सेवीओके बाजे डिभिजन बन कार्यलयका यमलाल पोख्रेल लगायतले प्रकृतिले भरी पुर्ण रहेको यस स्थानका समुदायको एकता, मिहिनेतको प्रसंशा गर्दै पर्यटन क्षेत्र बिकासको लागिआफू हरु सहकार्य गर्ने बताउनु भयो । कार्यक्रमकै अबसर पारेर ढोलीमारा सामुदायिक होमेस्टेको पनि समुद्घाटन भएको थियो । कार्यक्रममा झ्याउरे नाच,घाटु नाच , ठुलो ( मारुनी) नाच, पन्चेबाजा प्रदर्शन गरिएको थियो ।कार्यक्रम कबुलिएती बन समुहका अध्यक्ष पहल सिं घर्ती को अध्यक्षता र चित्र बहादुर कवर को सन्ञ्चालनमा भएको हो ।


प्रकाशित : २०७९ मंसिर २४ गते २२:२८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology