रिब्दीकोटमा आगलागीबाट एक जनाको मृत्यु

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७९ मंसिर २६ गते १९:३७

पाल्पा,अर्गली
२०७९ मंसिर २६
पाल्पाको रिब्दीकोटमा आगलागीबाट एक जनाको मृत्युु भएको छ ।
आज साँझ करिब ५ बजेतिर लागेको आगोबाट रिब्दीकोट-१,जोरपोखरी कोटखेरा बस्ने अन्दाजी ७५ वर्षका खिम बहादुर वि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खरको छानो भएको कच्ची घरमा अगेनोमा आगो बाली ताप्ने क्रममा अचानक शरीरमा आगो लागि वि.क.को मृत्यु भएको बताईएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : २०७९ मंसिर २६ गते १९:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology