पाल्पामा मिस्टर एण्ड मिस पाल्पा हुने

Kandara News
प्रकाशित : २०७९ मंसिर २९ गते २०:३१

पाल्पा , पाल्पामा मिस्टर एण्ड मिस पाल्पा हुने भएको छ । मिस वल्र्ड हेरिटेज नेपाल २०२२ अन्तर्गत उक्त कार्यक्रम हुने भएको हो ।

आयोजक संस्था मिस वल्र्ड हेरिटेज नेपाल २०२२ ले विहिबार रामपुरमा पत्रकार सम्मेलन गरि उक्त कार्यक्रम बारे जानकारी गराएको हो । लिटिल , टिन र एडल्ट गरि ३ समुहमा छुट्टा छुट्टै मिस्टर र मिस पाल्पा हुने आयोजक संस्थाका फेसन कालोग्राफर सुसान्त शाहले जानकारी दिनुभयो । कार्यक्रम मार्फत सहभागिले आफ्नो प्रतिभा प्रस्तुत गरि राष्ट्रिय रुपमा समेत सहभागि हुन सक्ने उहाँले बताउनुभयो । । यही पौष २५ गतेबाट शुरु हुने कार्यक्रममा सहभागि हुनका लागी रजिष्ट्रेशन फर्म भर्नु पर्ने छ । सो कार्यक्रम सम्पन्न गर्नका लागी करिब १० लखा ११ हजार ३ सय ५० रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

होटल संगम रामपुर ५ वेझाँडमा भएको कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ कार्यक्रमका फेसन कोलोग्राफर तथा फाउण्डर सुसान्त शाहले दिनु भएको थियो । कार्यक्रममा सितल श्रेष्ठले मिस हेरिटेज नेपाल २०२२ को अनुभव व्यक्त गर्नु भएको थियो ।


प्रकाशित : २०७९ मंसिर २९ गते २०:३१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology