पुर्वखोला २ मैदानमा पहिलो पटक पुग्यो बस ।

माधव पाण्डे
प्रकाशित : २०७९ पुष २ गते २०:०९

पूर्वखोला जल्पा मैदानमा पुग्यो बस ।
पूर्वखोला -२ जल्पा मैदानमा बस पुगेको छ । बस पुगेपछि मैदान बासी खुसी छन । पूर्वखोला गाउँपलिका वडा नं २ जल्पा मैदान भञ्जाङ्ग पानी पधेरो हुँदै मैदान सम्म बस पुगेको छ आज चालक दलले लगेको बसलाई पूर्वखोला गाउँपालिका नुन बहादुर थापाले रिबन काटेर उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नुन वहादुर थापाले मैदान रमाइलो बस्ती पर्यटन प्रर्वद्धनको लागि पनि महत्त्वपूर्ण भुमिका बस सञ्चालन सगै थप टेवा पुग्ने बताउनु भयो । जल्पा बाट ५ कि.मि. रहेको यो सडक खण्डमा सानो जिप २ दसक अघि बाटै गुडेको थियो । ठुला साधन सागुरो सडक भएको कारण बस चल्न सकेको थिएन । अब नियमित बस संचालन हुने वडा अध्यक्ष नीर बहादुर सारुले बताउनु भयो । बस संचालन भए संगै यस क्षेत्रमा रहेको कृषि उत्पादन बजार सम्म लैजान र ल्याउन सहज हुने शम्भु माध्यमिक विद्यालयका प्रधानाध्यापक चित्र कुवरले बताउनु भयो ।

विभिन्न व्यक्तिहरुको उपस्थितिमा आज बस उद्घाटन भएको थियो । गाउँपालिको आर्थिक बर्षबाट विनियोजित रकम बाट मोटर बाटो स्तरउन्नति भए संगै सडक फराकिलो बनाए पछि स्थानीय अामा समुह, युवा क्लव,मैदान टोल विकास समिति, पन्चेबाजा समुहले भव्य रूपमा बाजा गाजा सहित भव्य रूपमा स्वागत गरेका थिए । बस चालक कमल राना, नर बहादुर सिङ्जालि लगायत टोलिलाई सम्मान गरिएको थियो ।पश्चिम नेपाल बस व्यवसायी प्रा लि को बस उद्धाटन गरियको थियोे । कार्यक्रम गंगा बहादुर बारघरेको संचालन , पहल सिं घर्तीको स्वागत मन्तव्य तथा खड्क सिं बारघरेको अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०७९ पुष २ गते २०:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology