राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान,एक हप्ताभित्र देशले नयाँ प्रधानमन्त्री पाउँदै

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७९ पुष ३ गते १७:५३

काठमाण्डौं
२०७९ पौष ३
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री चयन गर्नका लागि आह्वान गर्नुभएको छ ।
आज राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई एक हप्ता भित्र दाबी पेश गर्न आह्वान गरेको छ ।

विज्ञप्ति

” नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ / ९ / १० गते आइतबार १७:०० बजे भित्र ‘दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आव्हान भएको व्यहोरा अनुरोध छ ।” विज्ञप्तिमा भनिएको छ ।
यससँगै नेपालीको राजनीति देशले नयाँ प्रधानमन्त्री पाउने दिशामा अगाडी बढेको छ ।


प्रकाशित : २०७९ पुष ३ गते १७:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology