भैरवस्थानमा सवारी दुर्घटना हुँदा मंगलबार एकजनाको मृत्यु

जनक राज भट्टराई
प्रकाशित : २०७९ पुष ५ गते २०:२०

रिब्दीकोट गाउँपालिका- ४ भैरवस्थानस्थित बाहुन डाँडामा सवारी दुर्घटना हुँदा मंगलबार एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गाउँपालिकाको वडा नम्बर ६ ठिमुरेका नरबहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

तानसेनबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु१ख ९१३४ नम्बरको ट्रकलाई उछिन्ने क्रममा लु ६८ प २०५ नम्बरको मोटरसाइकल ट्रकमा ठोकिएर आज बेलुकी साढे ५ बजे दुर्घटना भएको उनले बताए।

मोटरसाइकलको पछाडि बसेका गाहाको घटनास्थलमै मृत्यु भएको हो। चालकको अवस्था सामान्य छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०७९ पुष ५ गते २०:२०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology