निस्दीको अर्चलेमा वडा स्तरीय बाल भेला तथा प्रथम अधिवेशन सम्पन्न

होम राई मगर
प्रकाशित : २०७९ पुष ६ गते १५:५५

पाल्पा / ६ माघ । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा वडा स्तरीय बाल भेला तथा अधिवेशन सम्पन्न भएको छ ।

वडा नम्बर-६,अर्चलेका कार्यबाहक वडाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा चलेको कार्यक्रमका प्रमुख अतिथि मुक्त बहादुर सारु रहनुभएको हो । कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि सारुले बाल संगठन समुदाय र विद्यालय नै प्रमुख मेरुदण्ड भएको भन्दै बाल भेला र अधिवेशन गरिएको बताउनुभयो । निस्दीमा रहेको ५३ वटै विद्यालयहरुमा बाल मन्च गठन गरिएको भन्दै ७ वटै वडामा बाल मन्च गठन गरिने जानकारी दिनुभयो । कार्यक्रममा बोल्नु हुँदै गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले भविष्यको कर्णधार बालबालिका भएको बताउदै गाउँपालिकाले योजनाबद्ध बाल कार्यक्रम सन्चालन गरिने बताउनुभयो । कार्यक्रममा शिक्षा संयोजक नर बहादुर थापाले शैक्षिक तथा साप्ताहिक कार्यक्रम सन्चालनमा बाल मन्चको जिम्मेवारी महत्त्वपूर्ण रहने भनाई राख्नुभयो । कार्यक्रममा कार्यपालिका सदस्य मिम्श्री बयम्बु ,नेपाली कांग्रेसका गाउँ सभापति गगनसिं खनगाहा,गोरखनाथ मा.वि.का शिक्षक अनिल राना लगायतकाले बाल अधिकार र कर्तव्य बारे बोल्नुभएको थियो । भेलाले सरिता बि.क.को अध्यक्षता ९ सदस्यीय वडा स्तरीय बाल प्रतिभा बाल मन्च गठन गरिएको छ । जसको उपाध्यक्षमा विष्णु नेपाली,सचिवमा रोशन नेपाली,कोषाध्यक्षमा लक्ष्मी बयम्बु र सहसचिवमा सुशीला सिंजाली चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सनम सुनारी,दिपिना सिंजाली,मनिषा बयम्बु र तास बहादुर सिंजाली रहनुभएको छ ।

अर्चलेका वडा सचिव मिन बहादुर रानाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन बाल कल्याण अधिकारी कुश्माखर पाण्डेयले गर्नुभएको हो ।


प्रकाशित : २०७९ पुष ६ गते १५:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology