अव्यवस्थित बसोवास गरेका परिवारलाई रामपुर मा जग्गा धनि पूर्जा वितरण

रमा भण्डारी
प्रकाशित : २०७९ पुष ८ गते २०:३५

पाेष ८ अब्यबस्थित बसाेबासिलाई जग्गा धनी प्रमाणपुर्जा वितरण कार्यक्रम भएकाे छ । राष्ट्रिय भुमि अायाेग पाल्पाका अध्यक्ष माेहाेन लाल गैहेकाे अध्यक्ष तामा भएकाे कार्यक्रमका मुख्य पाहुना भुमिआयाेगका केन्द्रीय अध्यक्ष केशव निराैला रहनु भएकाे हाे । कार्यक्रममा मुख्य पाहुना केन्द्रीय अध्यक्ष निराैलाले बाेल्दै देश मेराे भन्दै गर्दा तपाईले टेकेकाे जमिन आफ्नाे थिएन तर आज तपाईकाे आफ्नाे भएकाे छ ।यहिभुमिमा आएर हेरेर समस्या समाधान गर्ने वचन दिएका थियाै आज त्यहिकुरा पूरा गरेका छाै र जे बाेल्छाै पूरा गर्छाै भन्नू भयाे । अब भुमिकाे समस्यालाई स्थानिय सरकार र आयाेग ले पूरा गर्ने वचन पनि दिनु भएकाेछ ।

लामाे समय देखि राेकिएकाे अब्यबस्थित घडेरीकाे आज पुर्जा वितरण गर्ने भए पछि नगरबासि खुशि भएका छन् । कार्यक्रममा अध्यक्ष गैह्रेले विभिन्न समस्याकाे बावजुध पनि आज १०३ लालपुर्जा वितरण गर्ने स्थितिमा आईपुगेकाे भन्दै क्रमश अब ७ सय ८३ घडेरीकाे पुर्जा वितरण गर्ने बताउनु भयाे । वहाले विभिन्न कारणले केही फाईलहरु काे विषयमा अझै छलफल गरेर अघि बढ्नु पर्ने बताउनु भयाे ।
आयाेगका सदस्य कृष्ण प्रसाद अधिकारीकाे स्वागतबाट शुरु भएकाे कार्यक्रममा प्रदेश साम्सद राजु प्रसाद श्रेष्ठ , जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनाल , नगर प्रमुख रमण बहादुर थापा आयाेगका केन्द्रीय सदस्य भैरव रेग्मी, सहजिकरण समितिका देबेन्नर प्रसाद पाेखरेलले अहिले सम्मकाे प्रतिबेदन सुनाउनु भएकाे हाे ।कार्यक्रममा पुर्व भुमि आयाेगका केन्द्रीय सदस्य लेखनाथ पाेखरेल नेपाली काङ्ग्रेस जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ , नेकपा एमालेका नगर अध्यक्ष विष्णुप्रसाद रेग्मी नेकपा माअाेबादि का नगर अध्यक्ष यम बहादुर सुनार ,जनता समाजबादि पाटिका नवीन सुनार नेकपा एकीकृत सामाजबादिका जिल्ला उप सचिव कमल सेन, राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामि , सहजिकरण समितिका सदस्य , चिरञ्जीवी सिक्देल,लगायतले बाेल्नु भएकाे हाे ।कार्यक्रमकाे सञ्चालन आयाेगका सदस्य सचिव अर्जुन पाैड्यालले गर्नु भएकाे हाे ।


प्रकाशित : २०७९ पुष ८ गते २०:३५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology