पशु वस्तु उपहार कार्यक्रम रिङ्नेरहमा सम्पन्न

Kandara News
प्रकाशित : २०७९ पुष ८ गते २०:४७

आर्थिक सम्बृद्धिका लागि साझेदारी कार्यक्रम पूर्वखोला कृषि तथा पशु उद्ययमशिलता परियोजना अन्तरगत पशु वस्तु उपहार कार्यक्रम पूर्वखोला ३ रिङ्नेरहमा सम्पन्न भएको छ ।

पूर्वखोला गाउँपालिका र हेफर ईन्टनेसनल परियोजनाको साझेदारी कार्यक्रम तथा समाज उत्थान सहयोग केन्द्रको संमन्वयमा गठित १२ वटा मुलसमूहमा गत बर्ष संथाले बाख्रा पशुहरु उपहार स्वरुप वितरण गरेको थियो । उक्त समुहले ( दिदीसमूह ) बहिनी समुहलाई १ बर्ष पछि पुन: आज उपहार प्रदान रिङ्नेरह बाट सुरु भएको छ । उपहार दिने कार्यक्रम अन्तरगत प्रगतिशिल स्वाबलम्बन महिला समुहले (दिदी समुहले) बहिनी समुहलाई १२ ओटा बीउ बाख्रा पाठी रिग्ङ्नेरहमा आज वितरण गरेको थियो ।
पशु वितरण कार्यक्रमको प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले महिला तथा युवा उद्ययमी हरुलाई दिगो विकास र स्वदेशमै रोजगार सिर्जना गर्ने कार्यक्रम पालिकाको रहेको बताउनु भयो । थापाले सकारात्मक विकास आफैबाट सुरुवात हुनु पर्ने बताउदै सफल कृषकको रुपमा आफुलाई उभ्याउन समेत आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले यस्तो कार्यक्रमले दिदी बैनीमा सामाजिक सद्भाव र महिला दिदीबैनीहरुमा आर्थिक सक्षमता तर्फ पनि अघि बढेको बताउनु भयो ।
कार्यक्रममा वडा नं ३ वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले यस्ता कार्यक्रमले उद्यमि कृषक बन्न प्रेरणा मिल्ने भन्दै उत्पादनमुखि कृषिमा जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा हेफर प्रोजेक्टका कार्यक्रम अधिकृत मदन पौडेलले यो कार्यक्रमले महिला दिदी बैनीमा सुचना आदानप्रदान संगै आफ्नो क्षमता अभिबृद्धिमा पनि टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रममा कार्यपालिकाका सदस्यहरु लगायत अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो । कार्यक्रम प्रगतिशिल स्वावलम्बी महिला समुहकी अध्यक्ष देवी भट्टराइको अध्यक्षतामा गिनीमायाँ ढेगाको स्वागत तथा विनु मायाँ पाटाको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ पुष ८ गते २०:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology