पूर्वखोला गाउँपालिकाद्वारा अध्यक्ष संग जेष्ठ नागरिक कार्यक्रम शुभारम्भ

Kandara News
प्रकाशित : २०७९ पुष १७ गते २०:२३

पाल्पा; पूर्वखोला गाउँपालिकाले बृद्ध तथा रातो अपाङ्गकार्ड प्राप्त गरेका नागरिकहरुको स्वास्थ्य परिक्षण कार्य आज बाट सुरुवात गरेको छ ।
उक्त सुभारम्भ कार्यक्रम पूर्वखोला गाउँपलिकाले स्थानिय तहको सरकार निर्माण भए संगै सुरुवात भएको र हाल प्रदेश र स्थानिय संयुक्त कार्यक्रममा समावेश गरेर जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण घर घरमै पुगेर स्वास्थ्य परिक्षण गरिएकोको पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापले बताउनु भयो । यो बर्ष कार्यक्रममा थापाले ८० बर्ष माथिका जेष्ठ नागरिकहरुको लागि सहायताको लागि लौरो र रातो कार्ड वाला अपाङ्गको लागि कम्वल समेत वितरण गरिने उहाँले बताउनु भयो ।

पूर्वखोला गाउँपालिका भरिकै जेष्ठ नागरिक पूर्वखोला गाउँपालिका -४ देवीनगर महकाल ९८ बर्षे ज्ञानीसरा थापाको स्वास्थ्य परिक्षण गरिएको पूर्वखोला गाउँपालिकाका प्रवक्ता तथा देवीनगर वडा अध्यक्ष मेयर सिं थापाले बताउनु भयो ।

स्वास्थ्य परिक्षणमा पूर्वखोला गाउँपालिकाको स्वास्थ्य कर्मचारी हरु खटिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालले बताउनु भयो । वि.पि, सुगर परिक्षण संगै सम्पुर्ण स्वास्थ्य परिक्षण गरिने ढकालले बताउनु भयो । संयोजक ढकालको अनुसार ७० बर्ष माथिका जेष्ठ नागरिकहरु १०२७ र पूर्ण अपांग ४९ गरि जम्मा १०७६ को परिक्षण घर घरमै गएर गरिने बताउनु भयो ।


प्रकाशित : २०७९ पुष १७ गते २०:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology