निस्दी गाँउ सभाको बार्हौ अधिवेशन सम्पन्न

प्रेम बहादुर बाकाबल
प्रकाशित : २०७९ पुष १९ गते १९:४६

प्रेमबहादुर बाकाबल
पाल्पा,१८ पौष २०७९ निस्दी गाउँ पालिकाको गाउँ सभा १२औं अधिवेशन संघ संस्था दर्ता विधेयक २०७९ पारित सहित सम्पन्न भएको छ।
कानुन तथा विधेयक समिति संयोजक दुर्गा बहादुर सोमैले प्रस्तुत गर्नुभएको संघ संस्था दर्ता विधेयक २०७९ सर्व सम्मत स्वीकृत भएको हो।
अधिवेशनमा शुभकामना साथै विषेश सम्बोधन गर्नुहुदै प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले जनप्रतिनिधिहरु जनताको सेवामा प्रत्यक्ष सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले अध्यक्ष भनेको जनताद्वारा निर्वाचित कार्यकारी व्यक्ति भएकोले मुस्कान सहित जनताको काममा लाग्नुपर्ने भन्नुभयो। साथै व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभए संघियता कम्जोर हुने भन्दै आ आफ्नो जिम्मेवार र कर्तव्य सहित कार्य दक्षता एवं कुशलतालाई कार्यान्वयनको पाटोमा लैजानुपर्नेमा जोड दिनुभयो ।
उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को स्वीकृत योजना तथा कार्यक्रमहरुको आय व्यय विवरण पेश गर्नुभएको थियो । यस वर्ष निस्दीमा आन्तरिक तथा वाह्य गरि ७३ करोड ९० लाख २६ हजार ५ सय ७० रुपैयाँ बराबर बजेट स्वीकृत भएकोमा हालसम्म १४.६१ प्रतिशत मात्र खर्च भएको बताउनुभयो ।जसमध्ये ४ करोड ५६ लाख ४० हजार बराबरको योजना तथा कार्यक्रमलाई रकमान्तर गरेको जानकारी गराउनुभयो।
कार्यक्रममा गाउँ पालिकामा कार्यरत उत्कृष्ट शिक्षक तथा कर्मचारी, पत्रकार र उपभोक्ता समितिलाई सम्मान गरिएको थियोे ।
प्रवक्ता मेख बहादुर सुनारीको स्वागत बाट अगाडि बढेको कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष नबिन्द्र थापा सोति, कार्यपालिका सदस्य हेम कुमारी सुनारी र रिकलाल बिक लगायतले बोल्नु भएको थियो ।


प्रकाशित : २०७९ पुष १९ गते १९:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology