रामपुर नगरपालिकाको १२औ नगरसभा कार्यक्रम सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७९ पुष २१ गते १९:३०

रामपुर नगरपालिकाको १२औ नगरसभा कार्यक्रम सम्पन्न ।।
पौष २१ रमा भण्डारी रामपुर पाल्पा
रामपुर नगरपालिकाको नगर सभा तथा १२औ अधिबेसन सम्पन्न भएको छ । आज बसेको अधिबेसनले आथिक वर्ष २०७९ ।२०८०को स्वीकृत योजना तथा रकमान्तर सहित प्रतिबेदन प्रस्तुत गरी सम्पन्न भएको हो । नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले कुल बजेट ६५ करोड २७ लाख ५० हजार ९ सय मध्ये हाल सम्म २७ करोड ४७ लाख ९५ हजार ६ सय प्राप्त भएको जानकारी दिदै हाल सम्म २३ दशमलव ७१ प्रतिशत रकम खर्च भएको बताउनुभयो ।
नगर प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले पानसमा बति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो । नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले नगरको परिचय सहित अर्धबाषिक प्रतिबेदन पढेर सुनाउनु भएको हो । नगर सभामा १० वटै वडाको ५ सय ५४ वटा योजना हरु मध्ये लागत अनुमान भएको १ सय ५८ र ५२ वटा योजना को नगरपालिकामा सम्झौता भएको भन्दै प्रतिबेदन सुनाउनु भएके छ । यस आथिक वर्षमा ५० वटा घर नक्सा बनेको प्रतिबेदनमा उल्लेख रहको छ । नगरसभामा नगरभित्रका विभिन्न साखाको प्रतिबेदन सुनाउनु भएको हो । नगरसभामा नगर विपद व्यवस्थापन समितिका संयोजक डिलबहादुर रानाले नगर सभाले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ पारित गरेको छ । विपद व्यवस्थापन समितिका संयोजक दिल बहादुर रानाले पेश गर्नु भएको विद्येयक सर्वसम्मत रुपमा पारित गरेको हो । रामपुर नगरपालिकाको नगर सभा आगामी माघ ९ गते कार्यपालिका बैठक घोषणा गर्दै समापन गरिएको हो । नगरसभा होटल नमस्तेको सभाहलमा भएको हो । नगर प्रमुखको अध्यक्षतामा भएको नगरसभामा वडाअध्यक्ष, कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्ष, वडा सदस्य, नगरपालिकाका कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।


प्रकाशित : २०७९ पुष २१ गते १९:३०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology