पाल्पा
विहीवार राती अन्दाजी २२:१५ बजेको समयमा जिल्ला पाल्पा रैनादेवी छहरा गा.पा. ८ टाडी यात्रुवाहक बस दुर्घटा हुदा ६ जनाको मृत्यु भएको छ ।   सालझण्डी ढोरपाटन सडक खण्डमा सालझण्डीबाट खुर्साने तर्फ आउदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना  भएको हो । बस सडकबाट करिब  १०० मिटर तल खसेको थियो। 
 दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ मृत्यु हुनेमा  रैनादेवी छहरा गा.पा. ८ बस्ने वर्ष ३६ कि निर्मला घिमिरे , सोही ठाउँको  निर्मलाको छोरी वर्ष ११ कि सरुमाया घिमिरे रैनादेवी छहरा ८ कै वस्ने वर्ष ५४ कि खिम कुमारी राना सोही ठाउँ  बस्ने बर्ष ४० कि गुना कुमारी गाहा , वर्ष २९ की दान कुमारी खत्री , बर्ष १९ बिमा पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले हनाएको छ । दुर्घटनामा परि १८ जना घाईते भएका छन ।घाईते मध्य २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 
दुर्घटानाको के कसरी भयो भन्ने बारे बस चालक नियन्त्रणमा लिई अनुसन्धान भएको प्रहरीले जनाएको छ । 
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७९ पुष  २२ गते ७:०९
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment