दालचिनी आम्दानी को राम्रो स्रोत बन्दै जल्पा

माधव पाण्डे
प्रकाशित : २०७९ पुष २२ गते १२:२०

जल्पा, पुस २२
किसानको विहान साझको मेलो जस्तै भयको छ । विहान साझ चिसो मौसममा घरमै वसि पात टिप्ने दिउसो रूखको हागा काटि बोक्रा निकाल्ने नियमित जस्तै छ ।समयको सदुपयोग र आम्दानीको स्रोत बनेको छ दालचिनी ।
दालचिनीको दाउरा ,पात र बोक्रा विक्ने हुनाले यसको मुल्य पनि फरक फरक रहेको छ तेज पत्ता(पात) यसलाई दाल चिन ,तेजिको नामले ठाउ अनुसार फरक फरक रूपमा चिनिन्छ ।
जल्पाको माथिल्लो भेगको प्राय सबै टोलमा तेज पत्ता रहेको छ ।तेज पत्ता चिया मासु लगायत धेरैले भान्साको रूपमा पर्योग गरिन्छ भने यसलाई मसला लगायत अन्य वस्तु निर्माण हुने गर्दछ ।

तेज पत्ता पुष माघमा काटिने गरिन्छ यसको बजार भने बलियो नभएको जनगुनासो रहेको छ यस को पात बोक्रा नेपाल लगायत विभिन्न देशमा निर्यात गरिन्छ ।
यहि तेजपत्ता र बोक्रा बिक्रि गरेर सामान्य गुजारा देखि मुख्य आम्दानी को स्रोत नै रहेको छ । खासै गोडमेल खनजोत गर्न नपर्ने अोसिलो ठाउमा सजिलै हुर्कने भएकाले बाझो रहेको पखेरा बारि मा लगाउदा हुने र एक पटक लगाएसि पटक पटक आम्दानी लिन सकिने भएकाले यस बाट फाईदा पुग्ने टेकनाथ पाण्डेले बताए ।
बजार व्यवस्थापन सजिलै गर्न सकिने भएपनि मुल्य निर्धारण हुन सक्यो भने अझ सहज हुने पाण्डे बताउछन् । पाण्डेले करिब १ लाख भन्दा बढिको कारोबार गर्ने बताउछन् ।
साकिने,मैदान,ढोलिमारा,आर्किडाडा,साठिकोल, धुसेनि लगायतका ठाउबाट पात र बोक्रा स्थानिय व्यापारीहरूले सम्बन्धित स्थानमा जम्मा गरि सोहि ठाउबाट उठाउने गर्दछन् । बार्षिक करिब १४/१५ लाखको कारोबार हुने गर्दछ । यसले खालि जग्गाको सदुपयोग नि हुने आम्दानी नि गर्न सकिने भएकाले यसले अार्थिक टेवा पुग्ने देखिन्छ ।


प्रकाशित : २०७९ पुष २२ गते १२:२०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology