जुनतारा युवा ल्कव रामपुर ६ ले आफ्नो बाषिक उत्सव कार्यक्रम संचालन गर्न पत्रकार सम्मेलन

रमा भण्डारी
प्रकाशित : २०७९ पुष २३ गते १९:३१

पौष २३
जुन तारा युवा ल्कव रामपुर ६ विजयपुर पाल्पाले आफ्नो बाषिक उत्सव सगै विभिन्न कार्यक्रम गर्ने सम्वन्धमा पत्रकार सम्मेलन गरेको छ । ल्कवले बाषिक उत्सवका अवश्वरमा खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता माघ ७ गते देखि माघ १४ गते सम्म संचालन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराए हो । ल्कवका अध्यक्ष राजन आलेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनका मुख्य पाहुना रामपुर नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष दिवाकर देवकोटा रहनु भएको हो । कार्यक्रममा मुुख्य पाहुना वडा अध्यक्ष देवकोटाले खेलको माध्यमबाट वडा नम्वर ६ लाइ अगाडि बढाउने अभियान ल्कवले शुरु गरेको मा धन्यबाद दिदै वडा बाट गर्ने मिल्ने सहयोग गर्ने तयार रहेको बताउनु भएको छ । कार्यक्रममा ल्कवका कोषाध्यक्ष गोविन्द थापाको स्वागतबाट शुरु भएको कार्यक्रममा भलिबल खेल प्रतियोगिताको विषयमा ल्कवका सल्लाहकार देवराज पंगेनीले २०७९ साल माघ ७ गते देखि १४ गते सम्म खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता संचालन गर्ने जानकारी गराउनु भएको छ । वहाले खेलालाइ सव्य र भव्य रुपमा सम्पन्न गराउन पत्रकारहरुले कलमको साध्यम बाट प्रचार प्रसार गरिदिन अनुरोध समेत गर्नु भएको छ । कार्यक्रममा रामपुर अस्पतालका अध्यक्ष रामप्रसाद ढकाल ,नगरगौशालाका अध्यक्ष हुमनाथ न्यौपाने लगायतले बोल्नु भएको कार्यक्रममा सामुदायिक रेडियो रामपुरका पत्रकार रमा भण्डारी र पृथ्वी टेलिभिजनका स्टेशन प्रवन्धक कृष्ण प्रसाद पौड्यालले कार्यक्रमको विषयमा जिज्ञाशा राख्नु भएको थियो । सहभागि पत्रकारले राखेको जिज्ञासाको ल्कवका सल्लाहकार देवराज पंगेनी र अध्यक्षले जवाफ दिनुभएको थियो । कार्यक्रमको संचालन ल्कवका सल्लाहकार ईश्वर अधिकारीले गर्नु भएको हो । कार्यक्रम दुर्गा मन्दिर टोलको प्राङगणमा भएको थियो ।


प्रकाशित : २०७९ पुष २३ गते १९:३१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology