हितैषी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

सिमा श्रेष्ठ
प्रकाशित : २०७९ पुष २४ गते ७:४८

पूर्बखोला गाउँ पालिका ५ बिरकोटमा संचालित हितैषी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १४अौ साधारणसभा तथा अधिवेशन सास्कृतिक कार्यक्रम सहित बिभिन्न कार्यक्रमगरी भबब्यरुपमा समपन्न गरेको हो । कार्यक्रमका मुख्य पाहुना यस पूर्बखोला गाउँ पालिकाका अध्यक्ष नुन बहादुर थापाले आर्थिक बिकासको लागि अरुको र सरकारको मुख ताकेर होईन ब्याक्ति ब्याक्ति बाटै सहकार्य गर्नुपर्छ त्यसैले एउटा हातले मात्र ताली बज्दैन ताली बज्न दुबै हात आबश्यक्ता भए जस्तै ऋणगरेर मात्र हुदैन ऋण र बचत दुबै हुनुपर्ने बताउनु भयो । अध्यक्ष थापाले ठुलो भवन र बाटो मात्र बिकास होईन आफुमा आएको परिवर्तन ,आफुले पाएको उपभोगको सुबिधा पनि बिकास भएको बताउनु भयो । थापाले अरुले केही गरेन भन्न भन्दा आफुले के गरेको छ के राम्रो के नराम्रो छुट्टायाउन सक्नुपर्छ भन्ने कुरा राख्दै आफु पालिकाको अध्यक्ष भएको नाताले पालिकामा भएका संघ संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्वता नजाउनु भयो । सथाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संथाको प्रगती विवरण सहित १ करोड ६ लाख ६७ हजार ८ सय १८ रुपया बराबरको आय ब्याय सार्वजनिक गर्नु भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष बिष्णू कुमार पल्ली , गणपति माध्यमिक बिधालयका प्रधानाध्यापक प्रेम बहादुर बारघरे वडा सदस्य शिब कुमार श्रेष्ठ , पार्बती हिताङग ,लगायतका पाहुनाहरुले शुभकामना मनतब्य राख्नु भएको थियो ।

अधिवेशन बाट पुरानो समिति बिधटन गरी , यम प्रसाद श्रेष्ठको अध्यक्ष्ातामा ११ सदस्य नयाँ समिति चयन गरेक‍‍ो छ । संस्थाको अध्यक्ष कृष्ण श्रेष्ठ को अध्यक्षतामा उपाध्यक्ष यम प्रसाद श्रेष्ठको स्वागत र सचिब उतर कुमार सिंजालीको संचालन मा भएको हो ।


प्रकाशित : २०७९ पुष २४ गते ७:४८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology