हरेक योजनामा प्राविधिक संगै पुग्छन् वडा सद्स्य न्यौपाने

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ पुष २४ गते २२:४०

हरेक योजनामा प्राविधिक संगै पुग्छन् वडा सद्स्य न्यौपाने ।
आज भोलि धेरै चर्चाको विषय यो बनेको छ कि! औपचारिक कार्यक्रममा धेरै जनप्रतिनिधि भेटिने गर्छन् यो सामान्यजस्तै बनी सकेको छ । तर उपभोक्ताले कसरी काम गरेको छन के छ त जनगुनासो त्यति चासो बन्दैन । तर पूर्वखोला -३ का वडा सदस्य बासुदेव न्यौपाने केही फरक छन औंपचारिक कार्यक्रम भन्दा अनौपचारिक कार्यक्रममा न्यौपानेलाई देख्न र भेट्न पाईने स्थानीय हरु बताउछन्। न्यौपाने बैशाखमा भएको स्थानिय तहको चुनाबमा वडा सदस्यमा निर्वाचित वडा सदस्य हुन् । न्यौपाने योजना तर्जुमा गर्ने होस या उपभोक्ता समिती गठन गर्दा होस् हरेक टोलमा पुग्ने गर्दछन् । एउटा वडामा १ जना वडा अध्यक्ष सहित ४ सदस्य गरि वडा भित्र जम्मा ५ सदस्य प्रत्यक्ष चुनावमा विजेता हुन्छन् ।
वासुदेव न्यौपाने जनप्रतिनीधि को खटाई यस्तो हुन्न भन्ने बासुदेव न्यौपनेले आवास दिलायको पुर्णबहादुर फालले बताउनु भयो । फालले यस अघिका जनप्रतिनिधि प्रायः औपचारीक कार्यक्रममा मात्र देखिन्थ्यो न्यौपाने दुरिको हिसावले टाडा पर्ने गाउँमापनी प्राय आउने गरेको बताउनु भयो ।

वडा सदस्य न्यौपाने वडा वाट तर्जुमा भएको हरेक योजनाको काममा प्राविधिक संग संगै हिड्ने गरेको अर्खलडाडा टोल संयोजक मुक्ती पंगेनीले बताउनु भयो । केही पर्यो भने उहाँलाई गुनासो र कुरा राख्न सहिलो हुने र टोलटोल पुग्ने हुदा उहाँ संग कुरा र योजनाको कुरा राख्ने गरेको पंगेनीले बताउनु भयो ।

न्यौपानेले आफू जनप्रतिनिधि भएर आयकै जनताको काम गर्न भएकोले आफू प्रत्यक्ष जोडिन चाहेको र आफुले जनताको काममा(सेवामा) सकेको भुमिका निर्भाह गर्ने बताउनु हुन्छ ।


प्रकाशित : २०७९ पुष २४ गते २२:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology