सिलुवामा आँखा शिविर सम्पन्न

Kandara News
प्रकाशित : २०७९ पुष २६ गते १९:३८

पुष २६
पुर्वखोला गाँउपालिका वडा नम्बर एक सिलुवा मा नेपाल रेडक्रस सोसाईटी उपशाखा सिलुवा पाल्पा को आयोजना Alice kuwachi trust fond को आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ कालिगण्डकी आँखा उपचार केन्द्र रामपुर पाल्पा को प्राबिधिक सहयोग मा आँखा शिबिर सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा सिलुवा का सभापति हरि प्रसाद भारती को अध्यक्षतामा शिबिर सम्पन्न भएको हो। शिबिरमा जम्मा १९५ जनाले आँखा जाच गरिएको थियो, जस मध्ये २२ जना लाई मोतिबिन्दु देखिएको र उनिहरू लाई अप्रेसन का लागि कालिगण्डकी आँखा उपचार केन्द्र रामपुर पाल्पा मा यहि मिति २०७९/०९/२७ गते निशुल्क उपचार का लागि सिफारिस गरेको छ । साथै उक्त शिबिरमा ३१ जना ले चस्मा तथा आवश्यकलाई औषधी निशुल्क उपलब्ध गराईएको थियो ।


प्रकाशित : २०७९ पुष २६ गते १९:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology