पूर्वखोला गाँउपालिकाको १२ अौ हिउदे अधिवेशन सम्पन्न

Kandara News
प्रकाशित : २०७९ पुष २६ गते २०:४४

विभिन्न कानुनहरु निर्माण तथा परिमार्जन गर्दै गाउँपालिकाको १२ औं हिउदे अधिवेशन सम्पन्न भएको छ । गाउँसभाले खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धि कानुन तथा विभिन्न साझेदारीमा कार्यक्रम विच कानुन निर्माण गरेको पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बताउनु भयो । थापाले अर्थबार्षिक समीक्षा , भएका कार्ययोजनाको पुर्वावलोकन समसामयिक विषयमा छलफल भएको बताउनु भएको छ । थापाले ११ औं गाउँसभामा पारित केही योजनाहरुको सुधार र केही योजना परिमार्जन गरेको बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष भागिरथि शर्मा भट्टराईले यस आर्थिक वर्षमा २ वटा मेलमिलापको मुद्दा परेकोमा दुवै पक्षसंग पहिलो चरणको छलफल भएको र मुद्दा टुङ्याउन अन्तिम चरणमा रहेको बताउनु भयो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सारुले गाउँ सभा सदस्यहरुको ३० लाख बराबर र गाउँपालिकामा कार्यरत कर्मचारीहरुको १२ लाख बराबरको दुर्घटना विमा गर्ने निर्णय भएको बताउनु भयो । गाउपालिकामा करारमा कार्यरत कर्मचारीहरुको ६ महिनाको लागि समय थप गरिको अधिकृत सारुले बताउनु भयो ।


प्रकाशित : २०७९ पुष २६ गते २०:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology