श्रीमानलाई चक्कु प्रहार गरी घाइते बनाउने श्रीमती पक्राउ परेकी छन् ।

Kandara News
प्रकाशित : २०७९ पुष २८ गते १८:५४

पाल्पा – श्रीमानलाई चक्कु प्रहार गरी घाइते बनाउने श्रीमती पक्राउ परेकी छन् । आफ्नै श्रीमान्लाई चक्कु प्रहार गरेर गम्भीर घाइते बनाइ ज्यान मार्ने धम्की दिएकाे भन्दै तानसेन–७, की प्रियंका थापालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रियंकाले आफ्नै ३० वर्षका श्रीमान् शेरजंग थापालाई गत २०७९ पुस १७ गते पेटमा चक्कु प्रहार गरी ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट श्रीमान् शेरजंग गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रियंकालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।


प्रकाशित : २०७९ पुष २८ गते १८:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology