पूर्वखोला गाँउपालिका र हेफर ईन्टरनेशनल द्वारा देवीनगरमा अर्धवार्षिक समिक्षा र योजना तर्जुमा सम्पन्न

माया राना
प्रकाशित : २०७९ पुष ३० गते १९:४३

पूर्वखोला गाँउपालिका र हेफर ईन्टरनेशनल द्वारा देवीनगरमा अर्धवार्षिक समिक्षा र योजना तर्जुमा सम्पन्न
पुर्वखोला गाँउपालिका र हेफर ईन्टरनेशनल नेपाल संङ्गको साझेदारिमा ,समाज उत्थान सहयोग केन्द्र देविनगर द्वारा सञ्चालित कार्यक्रमको अर्धवार्षिक समीक्षा र योजना तर्जुमा गरिएको छ ।”आर्थिक समृद्दिका लागि साझेदारी कार्यक्रम ” लक्ष्य रहेको परियोजना पुर्बखोला गाँउपालिकाको ६ वटै वडामा सञ्चालनमा रहेको छ। समाज उत्थान सहयोग केंद्रका कार्यक्रम संयोजक देव थापाले प्रगती प्रतिबेदन प्रस्तुत गर्दै कृषी र पशु योजनाको प्रगति अन्तर्गत मनकामना मकै,आलुखेती,अकबरे खुर्सानी, प्लाष्टिक टनेल खेती, सुन्तला,कागती ,मौसम खेतिको लागि बिउ अनुदान देखि, प्राबिधिक सहयोग गरेको बताउनु भयो।कार्यक्रममा हेफर इन्टरनेशन क्षेत्रीय कार्यालयका प्रेम कुमार स्वयम्भू, प्रबन्धक मदन पौडेल , गाउपालिका 6 वटै वडाका जन प्रतिनिधिहरु,समाज उत्थान सहयोग केन्द्रका परियोजना ब्यवस्थापक र कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा खर्च सार्बजनिक ,उत्पादित वस्तुको बजारिकरण,र प्रशोधनको बारेमा छलफल गरिएको छ,आगामी 6 महिना साझेदारीमै परियोजना अगडि बढाउने सम्झौता भएको छ, कार्यक्रमका अध्यक्ष नुन बहादुर थापाले युवा उद्द्मी उत्पादन गरि स्वरोजगारलाई प्रोत्साहन गर्ने,दक्ष जनशक्ति उत्पादन ,बिज्ञप्रविधिकले मात्र लगानीमा प्रतिफल लिन सकिने त्यस कारण प्रोजेक्ट सङ्गको साझेदारि आवश्यक रहेको बताउनु भयो।


प्रकाशित : २०७९ पुष ३० गते १९:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology