रामपुर महोत्सव तथा व्यापार मेलाको तयारी सुरू

बासुदेव ढकाल
प्रकाशित : २०७९ माघ २ गते १८:३१

माघ २, रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको माशिक बैठक बसेको छ । संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा बसेको बैठकले तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको प्रस्तावना पारित गरेको छ ।बैठकले भोलिदेखी स्ट्ल बुकिङ, संरक्षक ,मुख्य प्रायोजक,प्रायोजक , तथा स्टल निर्माण सम्झौता गर्ने , स्टल बुकिङ सुरु गर्ने र कार्य सम्पादन समितिले आवश्यक तयारिको काम तदारुकताका साथ सुरु गर्ने निर्णय गरेको छ। कोषाध्यक्ष राजेन्द्र प्रसाद देवकोटाले मासिक आम्दानी खर्च सार्वजनिक गर्नुभएको थियो । संघका सदस्य खेमराज गौतमको स्वागत र उमा श्रेष्ठले धन्यवाद दिनुभयको बैठकको सञ्चालन महासचिव खिम बहादुर के सि ले गर्नु भयको हो ।


प्रकाशित : २०७९ माघ २ गते १८:३१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology