बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ को मनोनयन खुल्ला

होम राई मगर
प्रकाशित : २०७९ माघ ५ गते १८:४७

माघ ५,लुम्बिनी
बिशाल मुभिजको आयोजनामा दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड-२०७९ हुने भएको छ ।

यही माघ १ गते बाट अवार्डको मनोनयन फाराम खुल्ला गरिएको छ । लोक तथा दोहोरी बिधा संग सम्बन्धित रहेर ३२ विधामा अवार्ड गर्न लागिएको अवार्ड कार्यक्रमका
संयोजक धिरज खत्रीले जानकारी गराए । २०७८ बैसाख देखि २०७९ मंसीर सम्म बजारमा आएका गीतहरुलाई अवार्डमा समाबेश गरिने साथै यही फागुनको पहिलो साता उत्कृट पाँचको मनोनयन सार्वजनिक गरिने आयोजकले जनाएको छ । यसका साथै चैतको पहिलो साता अवार्डको फाइनल कार्यक्रम गरिने आयोजक संस्था बिशाल मुभिजका अध्यक्ष हुम गैरेले बताए । ७ सदस्यीय जुरी निर्णयक रहेको अवार्डमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भए पछि भोटीड सुरु हुनेछ ।
एसएमएस भोटिङ्गबाट आएको मतलाई ४० प्रतिशत मान्यता दिईने छ भने ५० प्रतिशत निर्णयक मण्डलको र १० प्रतिशत आयोजकको निर्णय लागु हुने अवार्ड कार्यक्रमका संयोजन खत्रीले जानकारी गराएको छ ।


प्रकाशित : २०७९ माघ ५ गते १८:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology