निस्दीमा माघ १३ गते देखि राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हुने

होम राई मगर
प्रकाशित : २०७९ माघ ५ गते १८:५४

पाल्पा,५ माघ । निस्दी गाउँपालिका पाल्पामा आगामी माघ १३ गते शुक्रबार देखि राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हुने भएको छ ।

स्थानीय तह स्तरीय राष्ट्रपति राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक मुक्त बहादुर सारुको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी माघ १३,१४ र १५ गते निस्दीको खेल मैदान झ्याल्टुङ्गमा विभिन्न बिधाका प्रतियोगिताहरु सन्चालन गर्ने निर्णय गरेको छ । जस अन्तर्गत छात्र-छात्रा भलिबल प्रतियोगिता,१०० मिटर,२०० मिटर,४०० मिटर र ८०० मिटर दौड प्रतियोगिता,हाइजम्प,लङजम्पका साथै एथलेटिक्स,शटपुट लगायतका बिधाहरु समावेश गरिएको सदस्य सचिब केश बहादुर सुनारीले बताउनुभयो । त्यसैगरी बैठकले प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जस अनुसार भलिबल तर्फ उमेश कुमार गाहा,एथलेटिक्स तर्फ पशुपति रेग्मी,मैदान व्यवस्थापन तर्फ रन बहादुर गाहा र अतिथि सत्कार तर्फ खेमौती आलेको संयोजकत्वमा उपसमिति गठन गरिएको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले जानकारी गराउनु भएको छ ।

युवा तथा खेलकुदको बिकासमा जोड दिएको निस्दीले आगामी योजना तथा कार्यक्रममा समेत युवाहरुको आवश्यकता र पहिचानको लागि जोड दिइने गाउँपालिकाले जनाएको छ ।


प्रकाशित : २०७९ माघ ५ गते १८:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology